१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

लसता पौ स्मारिकाको विमोचन

नेवाः देय् दबू काठमाडौं महानगर समितिले प्रकाशन गरेको स्मारिका ‘लसता पौ’ को विमोचन गरिएको छ। समिति स्थापनाको एक वर्ष पूरा भएको अवसरमा स्मारिका प्रकाशन गरिएको हो। कुपन्डोलस्थित सातोआकी भवनमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्मारिका विमोचन गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि महानगर उपप्रमुख डंगोल, विशेष अतिथि तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जन, नेवाः देय् दबूया संरक्षक तथा नागरिक अगुवा मल्ल के. सुन्दर, दबूया केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्य तथा स्मारिक प्रकाशनका सहयोगी हातबाट संयुक्त रूपमा स्मारिका विमोचन गरिएको थियो।

नेवाः देय् दबू काठमाडौं महानगर समितिले प्रकाशन गरेको स्मारिका ‘लसता पौ’ को विमोचन गरिएको छ। समिति स्थापनाको एक वर्ष पूरा भएको अवसरमा स्मारिका प्रकाशन गरिएको हो।

सो अवसरमा देय् दबूको भवन निर्माणार्थ आर्थिक संंकलन गरिएको थियो। महानगर समितिद्वारा गरिएको आह्वानबमोजिम त्रिरत्न कोष (टीआरके ग्रुप) का सुदनरत्न शाक्य, प्रदीप बज्राचार्य, ईश्वरमुनि बज्राचार्य, रमेश राजलवट र विजयरत्न तुलाधरबाट संयुक्त रूपमा ५० हजार, असं कोथुननि बचाउ अभियानबाट १८ हजार, पशुपति अमलाकोट कचहरीका द्वारे पूर्ण डंगोलबाट १० हजार, देय् दबू १८ वडा समितिबाट १६ हजार, श्रीकृष्ण डंगोल (पशुपति) बाट प्राप्त ५,५५५ रूपैयाँ देय् दबूका संरक्षक मल्ल के. सुन्दरलाई हस्तान्तरण गरिएको थियो।

यसैगरी महानगर समितिका सल्लाहकार गीता श्रेष्ठ महर्जनले १० हजार, सानुराजा वज्राचार्य र विजयलाल कायस्थले १०/१० हजार तथा तुलसी साय्मिले ५ हजार सहयोग गरेका थिए।

कार्यक्रममा तारकेश्वर नगर प्रमुख महर्जनले देय् दबूया भवन निर्माणका लागि असार महिनाको तलब सहयोग गर्ने वचन दिएका छन्।

कार्यक्रमकी प्रमुख अतिथि डंगोलले अब नेवाःहरू ससाना कार्यक्रममा मात्रै हैन, राज्यका उपल्लो तहतप्कातिर अग्रसर हुनुपर्ने बताइन्। विशेष अतिथि तारकेश्वर नगर प्रमुख महर्जनले तारकेश्वर नगरलाई विकास निर्माणका कार्यमार्फत परिचित गराउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा तारकेश्वर नगर प्रमुख महर्जनले देय् दबूया भवन निर्माणका लागि असार महिनाको तलब सहयोग गर्ने वचन दिएका छन्।

देय् दबूया संरक्षक मल्ल के. सुन्दरले नयाँ सोच, विचार र योजनामार्फत देय् दबूलाई अगाडि लैजानुपर्नेमा जोड दिए। स्मारिकाको सम्पादन महानगर समितिका सचिव अर्विन्द्रमान सिंहले गरेका थिए।  

प्रकाशित: ८ जेष्ठ २०८० ०२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App