coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कान्सको रेडकार्पेटमा चाँदीको पोशाकमा खुलेकी ऐश्वर्या

फ्रान्समा जारी कान्स २०२३ को रेडकार्पेटमा भारतीय अभिनेत्री ऐश्वर्या राय चाँदीको पोशाकमा पुगेकी छिन्। उनको शैली र पहिरनले कान्समा विश्व मिडियाको ध्यान तानेको छ। त्यसो त अभिनेत्री रायले वर्षैपीच्छे कान्समा आफ्नो सौन्दर्यको चर्चा बटुल्ने गर्छिन्।

ऐश्वर्याले पहिरिएको चाँदीको पोशाक सोफी कउचरले डिजाइन गरेको हो। लगातार २१ औं वर्ष कान्समा उपस्थित भएकी ऐश्वर्याले यसपटक कालो हुड र चाँदीको गाउन लगाएकी थिइन्।

सोफी कउचरका अनुसार उक्त गाउन चाँदीको सेक्विन एल्युमिनियम र क्रिस्टलबाट बनेको हो।

यस वर्षको कान्स रेड कार्पेटमा ऐश्वर्याबाहेक भारतीय सेलिब्रिटी साराअली खान, मृणाल ठाकुर, उर्वशी रौतेला, ईशा गुप्ता र मानुषी छिल्लर लगायत हिंडेका छन्।

प्रकाशित: ५ जेष्ठ २०८० ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App