मेरो नाम नेपाल
मेरो थर नेपाली
आफैंमा नेपाल नेपाली हुँ म देशमा
मेरो नाम पृथ्वी
मेरो थर भूगोल
आफैंमा पृथ्वी भूगोल हुँ म भूवनमा
मेरो नाम विश्व
मेरो थर ब्रह्माण्ड
आफैंमा विश्व ब्रह्माण्ड हुँ म सर्वःलोकभूः मा
मेरो नाम तपाई
मेरो थर हामी
आफैंमा तपाई-हामी हुँ म सबैमा
मेरो नाम म
मेरो थर आफू
आफैंमा म आफू हुँ म शरीरमा
त्यसैले यो संसारमा खालि म छु
र
म मात्रै छु
बाँकी सबै भ्रम हो
तपाई भनेको नै म हुँ
हामी भनेको पनि म
उनी र उनीहरू जस्ता अरबौं पनि म नै हुँ
मबाहेक बँचेको म मात्रै हुँ
सिर्फ म
मबाहेक यो दुनियाँमा
म नै म छु
बस यति हुँ
सत्य यही हो कि
यो दुनियाँमा कोही छ भने
त्यो हुँ मात्रै म
तपाईलाई दुख्दा मलाई दुख्छ
तिनीहरू रुँदा मेरा आँसु झर्छ
उनीहरू खुसी हुँदा मुस्कुराउने म
प्रगतिमा दंग पर्ने नै मै हुँ
जन्तीका कुरा के गर्नु
लावा लस्करको भाँति खालि स्थुल न हुन
समर्पण मै हुँ
लासको कुरा के गर्नु
मलामीको ताँती खालि शरीर हुन्
स्वरूप मै हुँ
मात्र म
अनि त्यसपछि बाँकी सबै
हुने पनि म
अन्तिम पनि म
म हो म ...।
प्रकाशित: ३० वैशाख २०८० ०५:०५ शनिबार