१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

मैनजस्तै छन् सम्बन्ध

विसंगति

जीवन खोलाजस्तै सलल बगिरहेको थियो। छोरीज्वाइँको चालचलन देख्दा फलानाकी छोरीज्वाइँ कस्तो मिलेका भनेर तारिफ गरेर अधिकांश थाक्दैनथे। मेरी छोरी पनि यस्तै भाग्यमानी होऊन्, ज्वाइँ पनि यस्तै परून् भन्थे। तर, एकाएक त्यो सम्बन्ध केही समयअघि टुट्यो। पहिला खोलाजस्तै सलसल बगिरहेको जिन्दगी चार्र वर्ष पनि बित्न नपाउँदै दुई किनारा लाग्यो। कारण श्रीमान्लाई अरू कुनै सेलिब्रेटी मन पर्नु रहेछ। एक सेलिबे्रटीका कारण लगभग चार वर्षको सम्बन्ध टुट्यो छोरीज्वाइँको। अभिभावक निराश भए। तारिफ गरेर नथाक्ने मुखहरू बन्द भए। धन्न यस्तो घरमा मेरा छोरीहरू परेनन् भन्दै सबैको बोलीले काचुली फेरे।

विवाह गरेको दश वर्षसम्म सन्तान भएन, लोग्नेले श्रीमतीलाई, श्रीमतीले श्रीमान्लाई आलोचित बनाए। यसैबीचमा एक अर्कासँग सम्बन्ध तोडे। मन नै मिलेको भए बच्चाका लागी सम्बन्ध तोड्न पर्ने थिएन। आज भोलि टेस्टट्युब बेबीहरू पनि जन्मन सक्थे। यसका उदारणहरू धेरै छन्।

भन्न त लोग्ने स्वास्नीको झगडा परालको आगो भनिन्छ। एकैछिनमा शान्त भइहाल्ने तर कसलाई के थाहा पराल सल्क्यो भने घरगाउँ नै ध्वस्त बनाउँछ भन्ने कुरा।

जीवन खोलाजस्तै सलल बगिरहेको थियो। छोरीज्वाइँको चालचलन देख्दा फलानाकी छोरीज्वाइँ कस्तो मिलेका भनेर तारिफ गरेर अधिकांश थाक्दैनथे। मेरी छोरी पनि यस्तै भाग्यमानी होऊन्, ज्वाइँ पनि यस्तै परून् भन्थे।

प्रेम गर्‍यो, विवाह गर्‍यो। झ्याइँझ्याइँ बाजा बजाएर महँगा कपडा र गहनाको प्रमोसन गर्‍यो। जिन्दगीभर साथ छोड्ने छैन भन्दै निधारमा म्वाइँ खाएको तस्बिर राख्यो। सामाजिक सञ्जालभरि अनेक प्रकारका तस्बिर राखिन्छन् तर वर्ष दिन पनि टिक्न नपाउँदै सम्बन्ध टुट्यो भन्दै खबर पनि यही सामाजिक सञ्जालबाट नै आउँछन्।

कुनै समय बाउको विवाह देखेको थिइस् भनेर उखान गरिन्थ्यो तर आज धेरै सन्तानले बाउआमाको विवाह देखेका छन्। महसुस पनि धेरैले गरेका छन्।

सेलिब्रेटीहरूको जिन्दगी देखेर रमाउनेहरू कतिले देखावटीका कारण आफ्नो सम्बन्ध धमिल्याएका पनि छन्। फलानोको पचास वर्षमा सम्बन्ध विच्छेद भयो रे, छोराछोरीको विवाह गर्ने बेलामा आमाबाबु छुट्टिएर विवाह गरे रे भन्ने खबर आउने चाप बढिरहेको छ।

हो, कुरा नमिल्दा, बस्नै गाह्रो हुँदा, श्रीमान्ले श्रीमती गुमाउँदा, श्रीमतीले श्रीमान् गुमाउँदा आफ्नो दोस्रो साथी खोज्नु सकारात्मक कुरा नै हो। तर यहाँ त यौन चाहना तृप्त नभएको, श्रीमतीले नामदाम धेरै कमाएको भन्दै सम्बन्धहरू टुट्छन्। कतै गरिबीले सम्बन्ध टुटाउँछ, कतै करियर, कतै मिलेमतो, कतै सम्पत्तिका कारण सम्बन्ध विच्छेद भएको देखिन्छ। आजभोलि कारण नै चाहिँदैन। खानामा नुन कम भए पनि सम्बन्ध टुट्छ।

प्रेम गर्‍यो, विवाह गर्‍यो। झ्याइँझ्याइँ बाजा बजाएर महँगा कपडा र गहनाको प्रमोसन गर्‍यो। जिन्दगीभर साथ छोड्ने छैन भन्दै निधारमा म्वाइँ खाएको तस्बिर राख्यो। सामाजिक सञ्जालभरि अनेक प्रकारका तस्बिर राखिन्छन् तर वर्ष दिन पनि टिक्न नपाउँदै सम्बन्ध टुट्यो भन्दै खबर पनि यही सामाजिक सञ्जालबाट नै आउँछन्।

आज सम्बन्धहरू मैनजस्तै छन्, कि पग्लने कि सल्कने। सम्बन्धहरू निरस छन्। कतै इन्दे्रणी नभएकाजस्ता बेस्वादका आजका सम्बन्धहरू मिल्नेभन्दा टुट्ने बढी छन्, लथालिङ्ग छन्। आजभोलिका सम्बन्धहरू देखावटी छन्, भित्र खोक्रो बाहिर चमक।

धेरै पुरुषले आफ्नो नयाँ संसार बसाउन पुुरानो सुन्दर संसार तोडेका छन्। क्यारियरका लागि राम्रो श्रीमान् छोडेर पछुताएर बस्नेहरू पनि धेरै छन्। बिहान खाना खाएर गएका श्रीमान् साँझ घर नफर्केसम्म डर लाग्छ। सम्बन्धसँग हामी यसरी त्रसित छौं कि आफ्नैसँग नै डराउनुपर्ने अवस्था छ।  

सम्बन्धहरू फेसन भएका छन्। आज ऊसँग सुहाएन भने भोलि अर्कैसँग। बजारमा गएर नयाँ कपडा फेरिएजस्तै भएका छन् सम्बन्धहरू।

स्वतन्त्रता खोज्नु राम्रो कुरा हो तर कसैको राम्रो घरपरिवार नै बिगारे स्वतन्त्रता खोज्नु मूर्खता हो। छिनभरमै अरूकी श्रीमती मन पर्ने, अरूको श्रीमान् मन पर्ने, घरपरिवार नै बिगारेर आफ्नो घरजम जमाउनेहरूका कारण धेरै घरपरिवार खरानी भएका छन्।

आज सम्बन्धहरू मैनजस्तै छन्, कि पग्लने कि सल्कने। सम्बन्धहरू निरस छन्। कतै इन्दे्रणी नभएकाजस्ता बेस्वादका आजका सम्बन्धहरू मिल्नेभन्दा टुट्ने बढी छन्, लथालिङ्ग छन्। आजभोलिका सम्बन्धहरू देखावटी छन्, भित्र खोक्रो बाहिर चमक।

अहिले समाजमा सम्बन्ध विच्छेदको क्रम दिन प्रतिदिन बढ्दो छ। पढेका नपढेका सबै यसमा नराम्ररी फसेको छन्। धेरै श्रीमान्-श्रीमतीका सम्बन्धहरू जोखिमपूर्ण तबरले अघि बढेका छन्। जिन्दगी खुसीले बाँच्चका लागि विवाह गरिन्छ। त्यही विवाहमा धन, क्यारियर, यातना, देखावटी विवाद र गरिबी भएपछि सम्बन्धहरू टुट्छन्। तर यही विवाह र सम्बन्धका कारण सुन्दर जीवन जिउनेहरू पनि धेरै छन्।

समय परिवर्तन भयो। श्रीमतीले दुई वचन बोल्दा श्रीमान्बाट चारवटा जवाफ आउने भयो। श्रीमान्ले एक थप्पड हान्दा श्रीमतीले चार थप्पड हान्ने भइन्।

जिन्दगी खुसीले बाँच्चका लागि विवाह गरिन्छ। त्यही विवाहमा धन, क्यारियर, यातना, देखावटी विवाद र गरिबी भएपछि सम्बन्धहरू टुट्छन्। तर यही विवाह र सम्बन्धका कारण सुन्दर जीवन जिउनेहरू पनि धेरै छन्।

श्रीमान्-श्रीमतीबीचको प्रतिस्पर्धा आगो बनेर सल्किरहेको छ। एउटा उखान छ– एउटा आगो भए अर्को पानी। अहिले त एउटा आगो भए अर्को पनि आगो नै हुने समय छ। नेपालको कानुुनमा पहिला पुरुषलाई सम्बन्ध विच्छेद गर्न गाह्रो थियो। महिलाले चाहे भने जुनसुकै बेला पनि गर्न सक्थे। अब यो दुवैलाई सजिलो भएको छ। एक त मिडियाले सजिलो बनाइदिएको छ। रुँदै कराउँदै आफ्ना सामाजिक सञ्जालमा फोटो-भिडियो राखिदिए मात्र पुग्छ।

प्रकाशित: २३ वैशाख २०८० ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App