३ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘मजुदर कवि ’ इन्द्र राना ‘प्रतीक’को ‘भुइँमान्छेका कविता’ लोकार्पण

कन्सेप्ट नेपालले विश्व मजदुर दिवसका अवसरमा ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा पोखरेली ‘मजुदर कवि’ इन्द्र राना ‘प्रतीक’ को ‘भुइँमान्छेका कविता’ कवितासंग्रह लोकार्पण गरेको छ। वरिष्ठ साहित्यकार तथा प्राज्ञ माया ठकुरी, कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कवि ‘प्रतीक’ र प्रकाशक बुक्स हिमालयका प्रमुख पवन शाक्यले ‘भुइँमान्छेका कविता’ लोकार्पण गरेका हुन्।

कवि अभय श्रेष्ठले लोकार्पित कवितासंग्रहको समीक्षात्मक टिप्पणी गरेका थिए। उनले प्रतीकका कवितामा परिश्रमको सुगन्ध भेटिने बताए।

कार्यक्रममा आयोजकका तर्फबाट प्रमुख अतिथि ठकुरीले ‘प्रतीक’लाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरेकी थिइन्।

कन्सेप्ट नेपालले विश्व मजदुर दिवसका अवसरमा ‘काठमाडौंमा भुइँमान्छेका कविता’ कार्यक्रममा पोखरेली ‘मजुदर कवि’ इन्द्र राना ‘प्रतीक’ को ‘भुइँमान्छेका कविता’ कवितासंग्रह लोकार्पण गरेको छ।

कविता, कथा र गजल लेखनमार्फत तीन दशकदेखि नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याएकोमा उनलाई सम्मान गरिएको कार्यक्रम संयोजक अमृत भादगाउँलेले बताए। कार्यक्रममा प्रमुख अतिथि ठकुरीले सम्मानित कविलाई आशीर्वचन प्रदान गरेकी थिइन्।

लोकार्पित कृतिमा ३३ ओटा कविता छन्। कविले ‘इक्कु इक्कु भन्छन् मलाई कवितादेखि सुरू गरेर कालै हुन्छन् छायाहरू, मलाई बुझ्न मन लाग्यो, काल आएसि, बाँदरहरू, तिमी फूल हौ, अहिंसा प्रेमको जरा हुनुपर्थ्याे, सिकारी जुकाहरू, इन्जिनियरहरू र इन्द्रेनी पोखिएको धर्तीको गीत शीर्षकका दश कविता वाचन गरेका थिए। उनकाे सुन्दर प्रस्तुतिले कार्यक्रमको माहौल तताएको थियो।

कविता, कथा र गजल लेखनमार्फत तीन दशकदेखि नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याएकोमा उनलाई सम्मान गरिएको कार्यक्रम संयोजक अमृत भादगाउँलेले बताए।

कार्यक्रममा प्रकाशक शाक्यले शतप्रतिशत लेखकस्व स्रष्टालाई नै दिने गरी बर्सेनि एकएक किताब प्रकाशन गर्दै जाने घोषणा गरे। कार्यक्रम संयाेजक भादगाउँले आउँदाे साल पूर्वेली स्रष्टालाई सम्मान गर्ने याेजना सुनाए।

दिनभरि मजदुरी गरेर फर्किएपछि साँझ डेरामा साहित्य सिर्जना गर्दै आएका ‘प्रतीक’ अचेल पोखराको विन्ध्यवासिनी मन्दिरमा तिर्थालुका नरिवल फुटाउने र प्रसाद बनाउने गर्छन्। उनी कहिले सेती नदी किनारका बालुवा चाल्ने, कहिले घर बनाउने र कहिले रंगरोगन गरेर जीवन चलाउँदै आएका स्रष्टा हुन्।

पुर्ख्यौली थलो स्याङ्जाको क्याक्मी गाउँ भएका कविको घर र जग्गा केही छैनन्। डेराको जीवन बाँचिरहेका उनका थुप्रै पाण्डुलिपि त्यत्तिकै छन्।

कार्यक्रममा प्रकाशक शाक्यले शतप्रतिशत लेखकस्व स्रष्टालाई नै दिने गरी बर्सेनि एकएक किताब प्रकाशन गर्दै जाने घोषणा गरे। कार्यक्रम संयाेजक भादगाउँले आउँदाे साल पूर्वेली स्रष्टालाई सम्मान गर्ने याेजना सुनाए।

उनी ६० वर्षको उमेरमा पहिलो पटक आइतबार काठमाडौं आइपुगेका हुन्। जीवनमा पहिलो पटक हवाईजहाज चढेर छोरा र छोरीसित काठमाडौं आएलगत्तै कार्यक्रम संयोजक भादगाउँलेले उनीहरूलाई पशुपतिनाथ, बौद्धनाथ, काठमाडौं दरबार क्षेत्र र ठमेल घुमाएका थिए।

मजदूर कवि प्रतीक छोराछोरीसहित मंगलबार बिहानै हवाई उडानबाटै कर्मथलो पोखरा फर्किसकेका छन्। कन्सेप्ट नेपालले यसअघि २०७५ साल फागुन ११ गते काठमाडौंमा सुदूर पश्चिमकी लोकगायिका डीक्रा बादीको एकल गायनको आयोजना गरेर उनलाई गायनमै फर्काएको थियो।

प्रकाशित: २० वैशाख २०८० ०६:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App