४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

साझाको महाप्रबन्धकमा गर्तौला

साझा प्रकाशन सञ्चालक समितिले समाजशास्त्री मिलनराज गर्तौलालाई साझा प्रकाशनको महाप्रबन्धक पदमा नियुक्त गरेको छ।

गर्तौैलाले आइतबार पद बहाली गरे। साझा प्रकाशनको इतिहास पहिलोपल्ट खुला प्रतियोगिताबाट उनी महाप्रबन्धक पदमा छनौट भएका हुन्। साझा प्रकाशनले सार्वजनिक सूचना प्रकाशित गरी महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको थियो।

साझा प्रकाशन सञ्चालक समितिले समाजशास्त्री मिलनराज गर्तौलालाई साझा प्रकाशनको महाप्रबन्धक पदमा नियुक्त गरेको छ।

भाषा, साहित्य, कला, संस्कृति संवर्धन गर्ने उद्देश्यले स्थापित साझा प्रकाशन १९७० सालमा प्रारम्भ भएको गोरखा भाषा प्रकाशिनी समिति हुँदै नेपाली भाषा प्रकाशिनी समितिको उत्तराधिकारीका रूपमा क्रियाशील संस्था हो। १११ बर्से गौरवशाली इतिहास बोकेको देशकै नमुना प्राज्ञिक निकाय साझा विगत केही वर्षदेखि अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेकाले गर्तौलाको नेतृत्वमा सबल र सक्षम हुने विश्वास लिइएको छ।

भाषा, साहित्य, कला, संस्कृति संवर्धन गर्ने उद्देश्यले स्थापित साझा प्रकाशन १९७० सालमा प्रारम्भ भएको गोरखा भाषा प्रकाशिनी समिति हुँदै नेपाली भाषा प्रकाशिनी समितिको उत्तराधिकारीका रूपमा क्रियाशील संस्था हो।

जनक शिक्षामा योजना तथा प्रशासनको उच्च तहमा बसेर काम गरेका गर्ताैलाले समाजशास्त्रमा र कानुनमा स्नातकोत्तर गरेका छन्। यसका अलावा उनले वित्त, विकास र व्यवस्थापन क्षेत्रमा पनि विभिन्न गैरसरकारी निकायमा रही काम गरेका छन्।  

प्रकाशित: १८ वैशाख २०८० ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App