२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

कुमाराज सुवेदीको ‘द कलर अफ स्प्रिङ’ विमोचित

कवि कुमाराज सुवेदीद्वारा सिर्जित अंग्रेजी कवितासङ्ग्रह ‘द कलर अफ स्प्रिङ’ विमोचन भएको छ। उक्त कविताकृति उपसभामुख इन्दिरा रानामगर, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला, लेखक सुवेदी तथा समीक्षकद्वय डा. कोमल फुँयाल र महेश पौड्यालले संयुक्त रूपमा विमोचन गरेका हुन्।

अस्ट्रेलिया सरकारबाट सञ्चालित विश्वस्तरीय प्राविधिक विद्यालय टेफएसएका अंग्रेजी भाषाका अध्यापक कवि सुवेदीको प्रस्तुत कृति साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो।

कवि कुमाराज सुवेदीद्वारा सिर्जित अंग्रेजी कवितासङ्ग्रह ‘द कलर अफ स्प्रिङ’ विमोचन भएको छ। उक्त कविताकृति उपसभामुख इन्दिरा रानामगर, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला, लेखक सुवेदी तथा समीक्षकद्वय डा. कोमल फुँयाल र महेश पौड्यालले संयुक्त रूपमा विमोचन गरेका हुन्।

पुस्तकको विमोचन गर्दै उपसभामुख रानामगरले कवि सुवेदीले लेखेका कविताबाट शिक्षक, चिकित्सक र समाजसेवीले पाठ सिक्नुपर्ने बताइन्।

रानामगरले भनिन्, ‘पुस्तकको प्रारम्भमै कविले आफू विभिन्न मानसिक अवस्थाबाट गुज्रिएको कुरा उल्लेख गर्नुका साथै कवितामा यस्ता समस्याको व्यवस्थापन मार्गसमेत उल्लेख गरिएको छ।’

समीक्षक महेश पौड्यालले सुवेदीका कवितामा भाव पक्षलाई ज्ञानको आवरणले राम्रोसँग मोरेका कारण केही कविता अन्तर्राष्ट्रिय स्तरका बनेका टिप्पणी गरे। अर्का समीक्षक डा. कोमल फुँयालले कृतिभित्र रहेका कविताका मौलिक पक्षका विषयमा प्रकाश पार्दै सुवेदीको आगमन सशक्त भएको टिप्पणी गरे।

कार्यक्रममा लेखक सुवेदीले अंग्रेजी भाषामै कविता लेख्नुको कारण खुलाउँदै आफूले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरेको बताए।

समीक्षक महेश पौड्यालले सुवेदीका कवितामा भाव पक्षलाई ज्ञानको आवरणले राम्रोसँग मोरेका कारण केही कविता अन्तर्राष्ट्रिय स्तरका बनेका टिप्पणी गरे।

‘हामीले नेपाली भाषाका केही कवितालाई अंग्रेजी भाषामा अनुवाद गर्‍यौं। अनि केही अंग्रेजी भाषाका कवितालाई नेपालीकरण पनि गर्‍यौं,’ लेखक सुवेदीले भने, ‘तर यहाँको मौलिक स्वाद अनुवाद गर्दा दुरुस्त नपाइने रहेछ।

त्यसैगरी उताको साहित्यको मौलिक स्वाद नेपालीमा आइपुग्दा हराइसक्ने रहेछ। मैले मौलिक नेपाली भावलाई अंग्रेजी भाषामा उतार्ने प्रयास गरेको हुँ ।’

कवि सुवेदीले यसअघि सुन्दर अधिकारीको आख्यानात्मक कृति ‘गैंडाको अन्तरआत्मा’ तथा केही चर्चित कविताहरू अंग्रेजीमा अनुवाद गरिसकेका छन्। कार्यक्रम साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो। 

प्रकाशित: १६ वैशाख २०८० ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App