४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

रत्न-महेश्वर स्मृतिग्रन्थ लोकार्पण

‘रत्न-महेश्वर स्मृतिग्रन्थ’को सार्वजनिक गरिएको छ। प्रसिद्ध हास्यव्यंग्यकार कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ को प्रमुख आतिथ्य र पशुपति घिमिरको अध्यक्षतामा प्रमुख अतिथि, सभाध्यक्ष, रत्न-महेश्वरका पाँच छोरा लगायतले ‘रत्न-महेश्वर स्मृतिग्रन्थको लोकार्पण गरेका थिए।

प्रमुख आतिथि प्रसिद्ध हास्यव्यंग्यकार ‘चट्याङ मास्टर’ले  रत्न सन्ततिहरूले आफ्ना पितृहरूप्रति देखाएको श्रद्धा, भक्ति र समर्पण उदाहरणीय रहेको बताए। उनले कृतिले भावी पिढीलाई अग्रजहरूप्रति गर्ने सम्मान गर्न अभिप्रेरणा मिल्ने बताए।

कृतिमाथि टिप्पणी गर्दै डा. रमेश शुभेच्छुले सन्तानहरू शिक्षित हुँदै गएपछि आफ्ना पुर्खाहरूको श्रद्धा र सम्मानमा स्मृति ग्रन्थहरू लेखिने भन्दै रत्नकुमारी र महेश्वरको योगदानको चर्चा गरेका थिए। उनले कृतिबाट आयोजक परिवारमा पिता, माता र पितृहरूप्रति श्रद्धा गर्ने क्षमता र गुण रहेको देखिने भन्दै उनीहरूको यस किसिमको अनुकरणीय कार्यको प्रंशसा व्यक्त गरे।

कार्यक्रममा कृतिका सम्पादक गणेश घिमिरे ‘मार्मिक’ ले स्मृतिग्रन्थको औचित्यमाथि प्रकाश पार्दै कृतिभित्र समेटिएको लेखरचनाको चर्चा गरे।

प्रकाशित: २६ चैत्र २०७९ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App