२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

स्वामी ध्रुवद्वारा आध्यात्मिक प्रवचन

नेपाल व्यवस्थापन संघद्वारा आयोजित ‘प्रबन्धनमा आध्यात्मिकता, कर्पोरेट उत्कृष्टताका लागि साँचो’ शीर्षकको आध्यात्मिक व्याख्यान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

यस आध्यात्मिक कार्यक्रममा अध्यात्म साधक आचार्य श्री स्वामी ध्रुवले कर्पोरेटमा आध्यात्मिकताको महत्व सम्बन्धमा विशेष प्रवचन दिएका थिए। उक्त अवसरमा स्वामी ध्रुवले मानवलाई सिर्जनशील तथा सवल बनाउन आध्यात्मिक अस्त्र उल्लेख्य रहने विचार प्रस्तुत गरे।

‘आध्यात्मिकता कर्पोरेट क्षेत्रमा पनि उत्तिकै महत्वपूर्ण छ। आध्यात्मिकताको गन्तव्य सफलता भएकाले हामी सबै आध्यात्मिक हुन जरुरी छ,’ स्वामी ध्रुवले भने।

नेपाल व्यवस्थापन संघले वर्षाैदेखि व्यक्तित्व विकास र कार्य क्षमता बढाउनका लागि यस्ता शिविर गर्दै आइरहेको छ। बागबजारको काठमाडौं मोडेल कलेजमा आयोजित यस कार्यक्रमका संयोजक इन्द्रकुमार श्रेष्ठ हुन्। 

प्रकाशित: २५ चैत्र २०७९ ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App