२४ पुस २०८१ बुधबार
image/svg+xml
कला

दण्डपाणि-नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार प्राज्ञ विष्णु प्रभातलाई

गोरखामा जन्मिएका विद्वान् प्रतिभा दण्डपाणि अर्ज्यालको नाममा काठमाडौंमा स्थापित दण्डपाणि अर्ज्याल स्मृति केन्द्रले दण्डपाणि-नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार-२०७९ प्राज्ञ विष्णु प्रभातलाई अर्पण गर्ने निर्णय गरेको छ।

चैत्र १० गते काठमाडौमा सम्पन्न दण्डपाणि अर्ज्याल स्मृति केन्द्रकाे बैठकले सो निर्णय गरेको हो।केन्द्रले २०६३ सालदेखि इतिहास,साहित्य,संस्कृति, ज्योतिष, समाज सेवा जस्ता विविध विषयमा राष्ट्रिय स्तरमा योगदान पुर्‍याएका विद्वान्-विदुषीलाई साे पुरस्कार अर्पिदै आएको छ।

केन्द्रले प्राज्ञ प्रभातलाई नेपाली संस्कृति,दर्शन र साहित्यमा योगदान पुर्‍याएबापत २५,०००/-राशिको सो पुरस्कार प्रदान गरिने भएको हो।

केन्द्रले वार्षिक प्रकाशन ज्ञानबिन्दु अंक १४ को लोकार्पणको अवसरमा सम्मान अर्पिने केन्द्रका महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि ज्ञानमणि नेपाल,मदनमणि दीक्षित, प्राडा तुलसीराम वैद्य, प्रा. दिनेशराज पन्त, सत्यमोहन जोशी, प्राडा शुरेशराज शर्मा, प्राडा सुरेन्द्र केसी, पुण्यरश्मि खतिवडा जस्ता विद्वान्-विदुषी साे पुरस्कारबाट पुरस्कृत भएका छन्।

स्व.दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष, धर्मशास्त्र र समाजशास्त्र आदि विषयका ज्ञाता थिए भने स्व. नन्दकुमारी उनकी धर्म पत्नी थिए।

प्रकाशित: ११ चैत्र २०७९ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App