२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

मगर खाम भाषा संरक्षणमा चासो

दाङमा मगर खाम भाषा संरक्षणमा चासो दिइएको छ। मगर खाम भाषामा नयाँ पुस्ताले चासो दिन थालेको भन्दै खाम भाषा संरक्षण गर्न थालिएको हो। मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्र दाङले यो अभियान थालेको हो। ‘मगर संस्कार, संस्कृति संरक्षण तथा सम्वर्द्धन गर्न हामी सक्रिय छौं’, प्रतिष्ठानका अध्यक्ष कृतिमान पुनले भने,‘पछिल्लो समय नयाँ पुस्ताले मगर खाम भाषामा चासो दिन छोडेका छन्।’

परम्परागत खाम भाषा बोल्ने भाषिक समुदायको अभाव हुँदा यो भाषा हराउँदै गएको उनको भनाइ छ। यो भाषा बोल्ने पुराना व्यक्तिको मृत्यु हुनु र नयाँ पुस्तामा खाम भाषा स्थानान्तरण नहुँदा हराउँदै गएको उनले बताए।

रिडीको पश्चिम भाग दाङ हुँदै कर्णाली प्रदेशसम्म बोलिने १८ मगरातको (खाम) रिडीको पूर्वी भागमा  बोलिने  १२ मगरातको (मैढुट) र सुदूर पश्चिममा बोलिने (काइकेल) भाषा मगर समुदायका प्रमुख भाषिका रहेका छन्।

मगर भाषाको खास लिपि पनि छैन। ‘अख्का लिपि हो भनेर भ्रममा पार्ने गरिन्छ’, पुनले भने, ‘तर, त्यो मगरको लिपि होइन, त्यसैले देवनागरी नै हामीले स्वीकारेका छौं’, रोल्पा, रुकुमबाट दाङ बसाइँसराइ गरी आएका मगर समुदायको मुख्य भाषा खाम भए पनि यो समुदायमा नेपाली भाषाको प्रभाव धेरै रहेको उनको भनाइ छ।

बालबच्चाले नै पहिलो भाषाका रूपमा नेपाली भाषामा बोलचाल गर्न थालेसँगै  खाम पूरै लोप हुने अवस्था रहेको उनले बताए। नेपालमा २५ लाख मगर समुदाय रहे पनि करिब १९ लाखले मात्रै मगर भाषा बोल्ने गर्छन्। रासस

प्रकाशित: ४ चैत्र २०७९ ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App