१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सन्देशमूलक टिकटक प्रतिस्पर्धा हुने

कोहलपुर नगरपालिकाले सन्देशमूलक टिकटक प्रतिस्पर्धाका लागि आह्वान गरेको छ। पालिकाले प्रदान गर्ने सेवा, सुविधा एवं नियमनको विषय समेटी जनचेतना तथा सन्देशमूलक टिकटक प्रतिस्पर्धाका लागि आह्वान गरिएको हो। यसका लागि नगरपालिकाले केही सर्तसमेत बनाएको छ।

भिडियो मौलिक एवं निर्माताको नै कपीराइट भएका गीत, संवाद, नाटक वा वाचन भएको कम्तीमा ३० सेकेन्ड र बढीमा तीन मिनेटसम्मको हुनुपर्ने नगरपालिकाले जनाएको छ। निर्माण गरिने टिकटक भिडिओ कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिमका काम, कर्तव्य र अधिकार (सरसफाइ तथा फोहोरमैला व्यवस्थापन, ट्राफिक तथा बजार व्यवस्थापन, घर नक्सापास, बहाल तथा व्यवसाय कर दर्ता गर्नुपर्ने विषय, व्यक्तिगत घटना दर्ता गर्नुपर्ने विषय, शिक्षा तथा जनस्वास्थ्य प्रवद्र्धन, वडा कार्यालयबाट हुने सिफारिस, न्यायिक समितिले प्रदान गर्ने सेवा, नगर प्रहरीले गर्ने कार्य, कृषि तथा पशु सेवासम्बन्धी सेवा, योजना सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विषय आदि) का विषयमा जनतामाझ सरल तरिकाले सकारात्मक सन्देश दिनेखालको टिकटक सामग्री हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जनाए।

‘टिकटक निर्माण गरी आफ्नो वालमा सबैले हेर्न, लाइक कमेन्ट र सेयर गर्न मिल्ने गरी पोस्ट गरी कोहलपुर नगरपालिका अफिसियल नामक टिकटक आईडीमा ट्याग वा मेन्सन गरी भिडियो ९८५८०६७१११ नम्बरको ह्वाट्सएपमा समेत पठाउनुपर्ने छ’,उनले भने, ‘निर्मित भिडिओमध्ये नगरपालिकाको सकारात्मक सन्देश दिने भिडिओबीच मात्र मूल्यांकन अवधि (२०८० वैशाख २० गते) भित्र टिकटकमा हाउभाउ, भेषभूषा र सन्देशको विषयवस्तुवापत ४० प्रतिशत अंक र दर्शकद्वारा हेरिएको पटक, लाइक तथा सेयर गरिएको संख्यावापत ६० प्रतिशत अंक दिई एक स्वतन्त्र मूल्यांकन समूहबाट मूल्यांकन गरिने छ।’

 

प्रकाशित: ४ चैत्र २०७९ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App