२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

रञ्जीत बनाउँदै ‘दिल बिचारा’

काठमाडौं- ‘दिल विचारा’ नामक फिल्म ट्रेन्डी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने भएको छ । फिल्म युनिटले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मबारे अवगत गरायो । फिल्म पुराना निर्देशक रञ्जीत राना मगरको निर्देशनमा बन्न लागेको हो ।

फिल्मका निर्देशक रानाका अनुसार चारैतिर खुसी भएको मन निश्चित विन्दुमा आईपुग्दा कस्तो समस्यामा पर्छ भन्ने कुरालाई फिल्मले देखाउनेछ । ‘फिल्मले लभ, एक्सन, कमेडी सबै समेट्नेछ,’ उनले भने । फिल्ममा जयकिशन बस्नेत, सिर्जना भट्टराई, सञ्जु सिलवाल, राजेन्द्र चौलागाई, तेजा ऐर, महेश जोशी, कुसुम श्रेष्ठ, रेश्मा मगर, मुकेश खतिवडा, सञ्जय महर्जन र दिनेश शर्माको अभिनय रहनेछ ।

मदन ताम्राकार कार्यकारी निर्माता रहेको फिल्ममा उनकै लेखन रहेको छ । माघबाट छायांकनमा जाने फिल्ममा टंक बुढाथोकीको संगीत, शंकर महर्जनको द्वन्द्व, शिव बिकको नृत्य र दिव्य सुवेदीको छायांकन रहनेछ । निर्देशक रानाका अनुसार नेपालको पश्चिम क्षेत्रमा फिल्मको सुटिङ गरिने बताए ।

प्रकाशित: ३० कार्तिक २०७३ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App