२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

गजलकार ओडारीको झुल्के घाम सार्वजनिक

काव्य घर नेपालले उमा ओडारीको झुल्के घाम गजलसंग्रह र चारु संयुक्तसंग्रह सार्वजनिक एवं स्रष्टाको सम्मान गरेको छ।

वरिष्ठ गजलकार तथा कार्यक्रमका प्रमुख अतिथि डा.घनश्याम परिश्रमी, हरिचन्द्र लावती, हिलिहाङका गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, देवी पन्थी, लेखक उमा ओडारी, लेखकका मातापिता र काव्यघर नेपालका अध्यक्ष राजकुमार खड्गाले कृतिको विमोचन गरेका थिए।

राष्ट्रिय गान गाएर सुरु भएको कार्यक्रममा भाषाविद् हरिचन्द्र लावती,नरेन्द्र केरुङ,हिलिहाङ गाउँपालिकाका पूर्व अध्यक्ष भवानी लिङ्देन,टीका ढुंगेल, जिवनहरि शर्मा, पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बास्कोटा लगायतले कृतिको चर्चा-परिचर्चा,बधाई र शुभकामना व्यक्त गरेका थिए।

अधिकांश वक्ताले नेपाली गजलमा विवाद रहेको र त्यो आफैं निराकरण भएर जाने र गजलको पहिचान र महत्व अलग्गै रहेको बताए।

गजलकार धनपति ढुंगेलले उमा ओडारीको गजल र चारु संयुक्तसंग्रह झुल्के घामको समीक्षा गरेका थिए। कृतिकार उमाको झुल्के घामबाट समाज र जीवनको महत्व स्थापित गराउन सफल रहेको भन्दै लेखकको प्रशंसा गरिएको थियो।

काव्यघर नेपालले मोफसलमा बसी साहित्य साधना गरेबापत भाषाविद्व प्राज्ञ हरिचन्द्र लावती  र साहित्यकार अधिकारी विमलालाई पनि काव्यघर नेपाल स्रष्टा सम्मान-२०७९ बाट सम्मान गरिएको थियो।

झुल्के घाम गजलसंग्रह र चारु संग्रहका कृतिकारले सुरुसुरुमा नसिकी लेखेको र बिस्तारै सबैसँग सम्पर्क बढाउदै जाँदा सिर्जनामा निखार आएको बताइन्। उनले घरपरिवार र आमाबुवाको हौसलाले कृति ल्याउन सफल भएको पनि बताए।

कार्यक्रमका प्रमुख अतिथि डा.घनश्याम परिश्रमीले झुल्के घामले नेपाली गजल क्षेत्रमा एउटा शृंखला चढेको र उमा ओडारीले लेखन यात्रा अझ झ्याँगिने बताए। उमाको महिलाको लेखन यात्रामा अतुलनीय कार्य गरेको भन्दै खुलेर प्रशंसा गरे।

काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाले नेपाली साहित्यमा पाँचथर उर्वर क्षेत्र रहेको र प्राकृतिक रूपमा पनि मलिलो रहेको बताए।

रविन तिम्सिना कोक्रालीको संचालन र काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाले गरेका सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विनोद ओडारीले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा स्रष्टाहरू नरेन्द्र केरुङ,जिवनहरि शर्मा,टीका ढुङेल,देवी पन्थी,राजेन्द्र काफ्ले,नवीन लोयम,डिएम कङ्दम्बा, बिमल राई लगायत तीन दर्जनभन्दा बढी सर्जकले  बधाई शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित: २२ फाल्गुन २०७९ ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App