२२ असार २०८१ शनिबार
image/svg+xml
कला

जब शाहरुखको बङ्गलामा हाम फालेर छिरे दुई व्यक्ति...

बलिउड अभिनेता शाहरुख खानको बङ्गला मन्नतमा दुई व्यक्ति हाम फालेर छिरेका छन्। भारतिय सञ्चार माध्यमहरुका अनुसार मन्नतमा हाम फालेर छिरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार बिहान ३–४ बजेतिर  पर्खाल नाघेर यी मानिसहरू मन्नत प्रवेश गरेका थिए, त्यसपछि बङ्गलाका सुरक्षाकर्मीले उनीहरूलाई समातेका थिए।

उनीहरु शाहरुख खानलाई भेट्ने इच्छा लिएर गुजरातबाट मुम्बई आएको सञ्चारमाध्यमहरुले लेखेका छन्।

टाइम्स अफ इन्डियाका अनुसार जब यी दुई युवा मन्नतमा प्रवेश गरे, शाहरुख फिल्म ‘जवान’ को सुटिङका लागि घरबाट बाहिर थिए र लगभग त्यही समयमा मन्नत फर्किएका थिए।

हाल शाहरुख खान फिल्म ‘जवान’ र ‘डंकी’ को सुटिङमा व्यस्त छन्।

शाहरुख खानको हालैको फिल्म ‘पठान’ ले बक्स अफिसमा एक हजार करोडभन्दा बढीको कमाई गरेको छ।

प्रकाशित: १९ फाल्गुन २०७९ ०८:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App