१२ असार २०८१ बुधबार
image/svg+xml
कला

डीएभी देवनागरी दिवस सम्पन्न

डीएभी सुशील केडिया विश्व भारती विद्यालयले २४ औं देवनागरी दिवस सम्पन्न गरेको छ। अन्तर्राष्ट्रिय मातृभाषाको अवसरमा देवनागरी दिवस यही फागुन १० गते सम्पन्न भएको हो।

विभिन्न भाषाका लब्धप्रतिष्ठित व्यक्तित्व र काठमाडौं उपत्यकाका १८ विद्यालयका शिक्षक र विद्यार्थीहरू माझ डीएभी विद्यालयको नेपाली, संस्कृत र हिन्दी भाषा विभागहरूको समन्वयमा देवनागरी दिवस मनाइएको हो।

उक्त अवसरमा सहभागी विद्यालयहरूले संस्कृत श्लोकवाचन, नेपाली-हिन्दी कविता लेखन, निबन्ध लेखन र वक्तृत्वकला विधाहरूमा आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यालयका अध्यक्ष अनिल केडियाले डीएभी अङ्ग्रेजी माध्यम विद्यालय भए पनि स्थापनाकालदेखि देवनागरी भाषाहरू अध्ययन-अध्यापन भइरहेको जानकारी गराएका छन्।  

प्रकाशित: १२ फाल्गुन २०७९ ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App