६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

पल शाह प्रकरणः दुवै पक्षलाई पुनरावेदन प्रतिलिपि झिकाउन आदेश

अभिनेता पल शाहविरुद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले नेपाल सरकार र पल शाह दुवै पक्षलाई पुनरावेदन प्रतिलिपि झिकाउन आदेश दिएको छ।  

उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यका अनुसार दुई पक्षलाई पुनरावेदन प्रतिलिपि झिकाउन आदेश दिएको हो।    

नाबालिगलाई बालयौन दुराचार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो।

उक्त फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय र पल शाह दुबै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए। सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले पूनरावेदन प्रतिलिपि झिकाउने आदेश दिएको उनले बताए।  

उनले भने, ‘दुवै पक्षले पुनरावेदन प्रतिलिपि बुझाइ सकेपछि सुनुवाई हुन्छ।’

एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा अभिनेता शाहमाथि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासीमा मुद्दा परेको थियो।

जिल्ला अदालत नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिएर बाल यौन दूराचारको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। तर जिल्ला अदालत तनहुँले भने पल शाहलाई सफाइ दिइ सकेको छ।  

प्रकाशित: २३ माघ २०७९ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App