२२ असार २०८१ शनिबार
image/svg+xml
कला

३४ वर्षमा व्रतबन्ध गरेका नायक पुष्प खड्का विवाहको तयारीमा

बिहीबार बसन्त पञ्चमीमा ३४ वर्षको उमेर व्रतबन्ध गरेका नायक पुष्प खड्का चाँडै विवाह गर्ने तयारीमा रहेका छन्।

हिन्दू धर्मालम्बीहरुको सस्कार अनुसार बाल्यकालमै व्रतबन्ध गर्ने चलन भए पनि अभिनेता पुष्प खड्काले विवाह गर्ने उमेरमा मात्रव्रतबन्ध पछि विवाह गर्नका लागि बाटो खुलाएको बताएका छन्।उनले अस्ति आफ्नो फेसबुक पेजमार्फत आफुले  व्रतबन्ध गरेको कुरा जानकारी गराएका थिए।  उनले यसै वर्ष बिहेको तयारी भैरहेको पनि बताएका छन्।

हुनेवाला दुलही फिल्म क्षेत्रभन्दा बाहिरको हुने पनि उनले बताएका छन्।यस वर्ष पुष्पका दुई फिल्म ‘कृष्ण लीला’ र ‘तिम्रो मेरो साथ’ प्रदर्शन भैसकेका छन्। माघ २७ गते उनको नयाँ फिल्म ‘मनसँग मन’ रिलिजको तयारीमा छ। अभिनयमा कुशल मानिने खड्काको यतिबेला नेपाली फिल्ममा राम्रो माग छ।

प्रकाशित: १४ माघ २०७९ ०७:२२ शनिबार