८ वैशाख २०८१ शनिबार
कला

एक दिनमा सय करोड कमाउँदै फिल्म 'पठान' ले राख्यो पहिलो रेकर्ड

बलिउड फिल्म 'पठान' ले एक दिनमा सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले प्रदर्शनको पहिलो दिन विश्वव्यापी रूपमा १०६ करोड भारू कमाएको हो।

बिदा नभएको दिन पनि फिल्मले सबैभन्दा बढी कमाइ गर्ने हिन्दी फिल्मको रेकर्ड राखेको छ। 

बुधबार प्रदर्शन भएको फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ५५ करोड भारूको ओपनिङ गरेको थियो। यो हिन्दी संस्करणको मात्रै कमाइ हो।

बिहीबार भारतमा मात्र फिल्मले ७० करोडको कमाइ गरेको छ। बिहीबार भारतमा गणतन्त्र दिवसको बिदा थियो। बिदाको दिन भएकाले फिल्मको कमाइ बढ्ने आंकलन गरिएको थियो।

‘पठान’मा शाहरूख खान र दीपिका पादुकोण र जोन अब्राहमको पनि मुख्य भूमिका छ भने फिल्ममा सलमान खान केमियो भूमिकामा छन्। यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गर्दैछन्।\

शाहरूख र दीपिका सैनिकको भूमिकामा देखिएका छन् भने जोन भिलेनको भूमिकामा देखिएका छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा अब्बास टायरवालाले तयार पारेका हुन्।

प्रकाशित: १३ माघ २०७९ ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App