७ पुस २०८१ आइतबार
image/svg+xml
कला

श्रृंखलाले हस्तान्तरण गरिन् ब्युटी विथ पर्पसका लागि निर्माण गरेको स्वास्थ्य चौकी

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले ब्युटी विथ पर्पसका लागि निर्माण गरेको स्वास्थ्य चौकी समुदायलाई हस्तान्तरण गरेकी छिन्।

दुई वर्ष लगाएर सम्पन्न भएको यो स्वास्थ्य चौकी समुदायलाई हस्तान्तरण गरेको खतिवडाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन्।

स्वास्थ्य चौकीमा अहिले मासिक ३ सय जना बिरामी आउने उनले बताएकी छिन्।  पखाला वा प्राथमिक उपचार जस्ता सजिलै निको हुने रोगका कारण धेरैले ज्यान गुमाएका ठाउँका लागि याे ठूलो उपलब्धि हो रहेको उनको भनाइ छ।  

यसअघि स्वास्थ्य चौकी नभएको अवस्थामा लगबुकमा नाम रहेका मान्छेले नजिकको स्वास्थ्य केन्द्रमा चार घण्टा हिंड्नुपर्ने बाध्यता रहेको पनि उनले बताएकी छिन्।  

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई उनीहरुको  योगदानका लागि श्रृंखलाले धन्यवाद दिएकी छिन्। उनले सन् २०१८ को विश्वसुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको लागि गृहजिल्ला मकवानपुरको कैलाश गाउँपालिका-७ स्थित ताम्लाङमा स्वास्थ्य चौकी निर्माण गरेकी थिइन्।

प्रकाशित: २१ पुस २०७९ ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App