१२ असार २०८१ बुधबार
image/svg+xml
कला

अष्ट्रेलियामा हिजो आजका कुरालाई दर्शकको साथ

कलाकार सन्तोष पन्तको कथा र निर्माणमा बनेको ‘हिजो आजका कुरा’ लाई अष्ट्रेलियामा दर्शकको राम्रो साथ मिलेको छ। ब्यांक्सटाउनस्थित होयट सिनेमा हलमा बुधबार चलचित्र हेर्न बाक्लो संख्यामा नेपालीको उपस्थिति थियो।

फ्युजन मिडिया प्रोडक्सनका नितेशराज पन्तले हिजो आजका कुरालाई अष्ट्रेलियाभर प्रर्दशनको जिम्मा लिएका हुन्। यसअघि अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यको टुवाम्बा, डर्विन क्याथरिन र ब्रिसवेन र क्यानबेरामा प्रदर्शन आइसकेको फिल्म दर्शकले रूचाएका थिए।

गत असोज २८ गते नेपालभरका हलमा प्रदर्शन भएको चलचित्रले नेपालमा पनि दर्शकबाट सुखद प्रतिक्रिया पाएको थियो।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको पटकथा सन्दिप किष्णाले लेखेका हुन्। रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठ प्रसाद उपाध्याय र सचितकुमार मिश्र छन्।

फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा विश्वकर्मा, स्व।जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी,  मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतको अभिनय छ।

प्रकाशित: २० पुस २०७९ १३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App