coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कल्पलता द्वैमासिक लोकार्पण

सम्पादक सुदर्शन अधिकारीको सम्पादन तथा रेणु अधिकारी  ’मौनता’ को प्रकाशनमा प्रकाशित कल्पलता द्वैमासिक साहित्यिक पत्रिकाको लोकार्पण भएको छ।

टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी, साइनोका प्रर्वतक छायादत्त न्यौपाने, कल्पलता द्वैमासिकका संरक्षक नरबहादुर विसी र सल्लाहकार घनबहादुर थापाले ’कल्पलता’ द्वैमासिकको लोकार्पण गरेका हुन्।

नगर प्रमुख अधिकारीले दिप प्रज्वलन गरी सुरु भएको कार्यक्रममा स्वागत मन्तव्यको क्रममा रेणुका अधिकारी ’मौनता’ ले  आठ जनाले ’कल्पलता’ नामक कवितासंग्रह प्रकाशन गरेको र त्यसैको नाउँबाट कविता वाचन गर्दै आएको एक्कासाठीऔं शृंखलामा ’कल्पलता’ प्रकाशन गर्न सफल भएको बताइन्। उनले विकृति र विरुद्ध फस्टाइरहेको बेला साहित्यले समाजलाई सही दिशा निर्देशन गर्ने भएकाले उद्देश्यमूलक रूपमा पत्रिका प्रकाशन गरेको बताइन्।

नगरप्रमुख प्रकाश अधिकारीले साहित्यकार समाज उठाउने प्रेरणाको संवाहक भएकाले लेखक साहित्यकारलाई माथि उठाउन सकेको सहयोग गर्ने बताए।

उनले भने, हाम्रो काम भनेको नागरिक स्वस्थ र स्वावलम्बी बनाउन प्रेरणा जगाउने हो। हामीले विविध क्षेत्रबाट आएका नागरिकलाई खाली हात पठाएका छैनौं। विभिन्न स्रोत-साधनको माध्यमबाट नगरपालिकाल केही न केही सहयोग गरेका छौं। यो क्षेत्रमा साहित्यिक प्रतिष्ठान पनि जन्मिनुपर्छ।

टोखा नगरपालिका वडा- ८ का वडाध्यक्ष रमेश खत्रीले डिप्रेशनको सिकार भएको धेरै व्यक्ति साहित्यको कारण विश्वप्रसिद्ध भएको भन्दै साहित्यको महत्त्व औंल्याएका थिए।

कार्यक्रमका विशेष अतिथि छायादत्त न्यौपानेले समाजलाई गति दिन साहित्यको महत्त्व हुने तथा मौलिक, संस्कार र संस्कृतिलाई  लिपिबद्ध गर्न तथा समाजलाई सिर्जनात्मक बनाउन साहित्यको महत्त्व हुने बताए।

उनले पत्रिका प्रकाशन चुनौतीपूर्ण भएको बताए। सबै राम्रो काम चुनौतीपूर्ण हुन्छ नै। पत्रपत्रिका प्रकाशन गर्नु पनि आफैंमा चुनौतीपूर्ण छ। तैपनि राम्रो काम गर्नुभएको छ। निरन्तर रूपमा लागिरहनुस्। विषय विविधता तथा ऐतिहासिक सामग्रीले पहिलो अंक नै ओजिलो बनेको छ।

अर्जुनबाबु तिवारी, तारा केसी र दीपक बानियाँ सहसम्पादक रहेको उक्त पत्रिकामा कविता, लघुकथा, निबन्ध, नियात्रा, मुक्तक, समीक्षा गीत जस्ता साहित्यका विविध विधा सङगृहीत छन्।

कार्यक्रममा लोकार्पित अंकका उत्कृष्ट रचनामध्ये पोइटिंग्रे निबन्धका लागि निबन्धकार कृष्णदेव रिमाललाई आयोजक तथा प्रकाशकको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।

लोकार्पित पत्रिकाका संरक्षक नरबहादुर बिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रम पत्रिकाका सल्लाहकार घनबहादुर थापाले सञ्चालन गरेका थिए।

कार्यक्रममा साहित्यकारहरू दिप्त गिरी, स्नेही उषा गिरी, दीपक लोहनी, श्रीराम राई लगायतको उपस्थिति रहेको थियो

प्रकाशित: १७ पुस २०७९ ०२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App