५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

‘दोहोरी आइडल’ को आवेदन खुला

लोकदोहोरी गीतको रियालिटी सो ‘दोहोरी आइडल’ का लागि डिजिटल अडिसन खुला गरिएको छ। ७७ वटै जिल्लाबाट जिल्लास्तरीय प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र चौथो हुनेले पुस १३ देखि २९ सम्म आवेदन दिन सक्नेछन्।

नेपालका प्रतिष्ठित ४२ कलाकारबीच हुने प्रतिस्पर्धाको निर्णायकका रूपमा पुरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलोपटक लिगस्तरीय दोहोरी रियालिटी सो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए। डिएआर मुभिजले गर्न लागेको रियालिटी सो ‘दोहोरी आइडल’ का विजेताले १५ लाख रूपैयाँ र कार जित्नेछन् भने दोस्रो हुनेले सात लाख र तेस्रो हुनेले ५ लाख रूपैयाँ प्राप्त गर्नेछन्। दोहोरी आइडल अन्तर्राष्ट्रिय फम्र्याट सिएमएस, सम्पन्न भइसकेको, छायाँकन माघबाट सुरु गरिने र फागुनबाट नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) बाट प्रसारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए। ‘दोहोरी आइडल’ नेपालको पहिलो लिगस्तरीय दोहोरी रियालिटी सो हो, जसको फम्र्याट प्रभावन जेले डिएआर मुभिजका लागि बनाएका हुन्। अन्तर्राष्ट्रिय सिएमएस लिने केही उत्पादनमध्ये यो एक सो हो, जसको सर्वाधिकार डिएआरसँग रहेको छ।

प्रकाशित: १३ पुस २०७९ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App