श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जीबी राईको भनिएको अडियो प्रायोजित हुन सक्ने आशंका व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले आशंका व्यक्त गरेका हुन्। उनले उक्त अडियो खगेन्द्र सुनारको अडियोबाट विषयान्तर गर्ने बहाना हुन सक्ने समेत बताए।
साम्पाङले जीबी राईको अडियोको उद्देश्य र त्यसको समयसन्दर्भमाथि प्रश्न उठाउँदै यो विषय अन्य मुद्दाबाट ध्यान मोड्ने प्रयास हुन सक्ने संकेत गरे।
'जीबी राईको अडियो प्रायोजित हुन सक्छ! खगेन्द्र सुनारको अडियो विषायन्तर गर्ने बहना!' उनले भनेका छन्।
प्रकाशित: १ कार्तिक २०८३ ०७:५३ आइतबार





