२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

वरिष्ठ समालोचकद्वय डा. गिरी तथा प्राडा पौडेललाई नेपाली वाङमय साधना सम्मान

नेपाल वाङमय परिषदले हरेक वर्ष प्रदान गर्ने नेपाली वाङमय साधना सम्मान २०७८ सालका लागि कवि तथा समालोचक डा. अमर गिरी एवं २०७९ सालका लागि समालोचक प्राडा हेमनाथ पौडेललाई प्रदान गर्ने निर्णय गरिएको छ।

यो सम्मानमा दस हजार नगद एवं सम्मानपत्र प्रदान गरिँदै आएको छ। यो सम्मान २०७७ सालका लागि कवि एवं कथाकार मातृका पोखरेललाई प्रदान गर्ने निर्णय भइसकेको छ। यस सम्मानबाट हालसम्म मोहन दुवाल (२०७२), प्राडा जीवेन्द्रदेव गिरी (२०७३), हरिहर खनाल (२०७४), राम विनय (२०७५) एवं श्रेष्ठ प्रिया पत्थर (२०७६) सम्मानित भएका नेपाल वाङमय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टले बताए।

प्रकाशित: ८ पुस २०७९ ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App