२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

कवि ज्ञान उदासको मीठो कविता सार्वजनिक

वरिष्ठ कवि ज्ञान उदासको नेपाली र अंग्रेजीमा अनुदित प्रतिनिधि कविताहरूको संग्रह ‘मीठो कविता’ सार्वजनिक गरिएको छ।

वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवस, वरिष्ठ समालोचक तथा नाटककार अभि सुवेदी, साहित्यप्रेमी तथा समारोहका सभापति प्रेमा उदास र कथाकार जलेश्वरी श्रेष्ठले उक्त कृतिको सार्वजनिक गरेका थिए।

काठामाडौं मित्रपार्कमा आयोजित सो समारोहमा प्रमुख अतिथि तुलसी दिवसले कविहरूले कसैको नक्कल नगरी आफूले देखेको, भोगेको, जीवन र जगतले अनुभूत गरेको यर्थाथ निडरतापूर्वक कवितामा व्यक्त गर्न सके त्यो कविता जीवन्त हुने बताए। उनले कवि उदासका कवितामा उक्त विशेषता रहेको बताए।

कार्यक्रममा अभि सुवेदीले ज्ञान उदास सानो छँदादेखिको मिल्ने साथी भएकाले उनी र उनको लेखनबारे परिचित रहेको बताए। उनका दुई कवितासंग्रहमा भूमिका लेखेको पनि स्मरण गराए।

अर्का वक्ता डा. शिव रिजालले कवि उदासको कृति भित्रका केही कविता वाचन गरेका थिए।

पूर्व चैनपुरमा जन्मिएका कवि उदास उमेरले सत्तरी दशकको उत्तराद्र्धमा पुगे पनि अझै लेखनमा सक्रिय छन्। सशक्त कवि उदासका कविता मानव, प्रकृति र समाजको भावनात्मक विषयमा केन्द्रित छन्।

समकालीन साहित्य प्रतिष्ठान बेलायतबाट प्रकाशित ‘मीठो कविता’ मा २९ कविता डा. अभि सुवेदी, प्राडा गोविन्दराज भट्टराई, पीटर जे कार्थक, रमेश श्रेष्ठ, मोनिका मुखिया, वन्दना श्रेष्ठ, शलिल सुवेदी र गिरिश सुवेदीले अनुवाद गरेका छन्। 

प्रकाशित: २९ मंसिर २०७९ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App