१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

पाचन प्रणाली

कविता

ईश्वरी कार्की वर्षा

म खुसी छु

जल्दिनँ अरूको खुसीमा

यसैले खुसी छु

आफ्ना झिनामसिना कुरा

सुनाउँदिनँ अरूलाई

यसैले औधी खुसी छु

तिमी सुनाऊ प्रगतिका कुरा

दुनियाँ कदापि रुचाउँदैन

सुन्न

बनाई अनेकौ बहाना

उम्किन्छ मीठा कुरा

सुन्नुपर्दा

जति सुनाऊँ

दुःखका मन बाउँडिने कुरा

सफलताका कुरा

पीडा-व्यथाका कुरा

अरूका कुरा काट्नुसम्म काट

झन् रौसिंदै सुन्छ

नपच्ने भनेको

अरूको खुसीको पुतली

नाचेको कुरा

अरूको ओठमा घाम

हाँसेको कुरा

अरूको सफलताले

सगर छेडेको कुरा मात्र रहेछ

अरूका नमीठा, नराम्रा

वियोगका कुरा जति  

सबै पचाउँदो रहेछ  

पाचन प्रणालीले।

प्रकाशित: १५ मंसिर २०७९ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App