संचारमाध्यमका अनुसार सलमान खानकी बहिनी अर्पिता खानको विवाह सलमानले अर्जुनको मजाक उडाएका थिए जसका कारण सलमान र अर्जुनबीचको सम्बन्धमा चिसोपना आएको थियो। तर खान परिवारसँग अर्जुन कपुरको दुरी बढाउने अर्को कारण पनि छ, त्यो हो मलाइकासँग अर्जुनको बढ्दो सम्बन्ध ।
भारतीय संचारमाध्यमका अनुसार विगत केही वर्षदेखि मलाइका र अर्जुन राम्रो साथीका रुपमा रहँदै आएका थिए। स्रोतका अनुसार एक कार्यक्रमका भेटभएपछि उनीहरु झन् नजिकिएका थिए। अर्जुन र मलाइकाको दोस्ती मलाइकका पति अरबाज खानलाई सह्य भएन र उनी मलाइकसँग निकै रिसाएका छन्। अर्जुन कपुर र मलाइकको अफेयरको चर्चा पहिलोपटक भने होइन् । यसअघि २०१४ मा यस किसिमको चर्चा चलेको थियो । तर पछि सो कुराको मलाइकाले खण्डन गरेकी थिइन्।
सो चर्चा त्यतिबेला चलेको थियो जतिबेला सलमानकी बहिनी अर्पितासँगको बे्रकअपपछि अर्जुन मलाइकसँग डेटिङमा रहेको समाचार सार्वजनिक भएको थियो। तर मलाइकाले सो समाचारलाई निराधान भन्दै खण्डन गरेकी थिइन्। मलाइका र अरबाजबीच १७ वर्ष अगाडि विवाह भएको थियो। मलाइका र अरबाजबीचको सम्बन्ध विगत तीन वर्षदेखि धरापमा परेको थियो। उनीहरुबीचको सम्बन्धमा चिसोपना आएको ५ महिनापछि प्यारेन्टिङ काउन्सिलको परामर्शमा दुवैले हाँसीखुसी बस्ने सहमति जनाएको संचारमाध्यमले उल्लेख गरेका छन्।
प्रकाशित: १७ माघ २०७२ ०१:१५ आइतबार





