प्रियंका चोपडाले बाजिराव मस्तानीको लागि बेस्ट सपोर्टीङ एक्ट्रेसको अवार्ड हात पारेकी छन्। फिल्ममा मस्तानीको भूमिका निभाउने दिपिका पादुकोण सर्वश्रेष्ठ अभिनेत्री भएकी छन्। तर उनलाई यो अवार्ड फिल्म पीकुमा पीकुको भूमिकाको लागि दिइएको हो। क्रिटिक्स च्वाइस अवार्ड पनि पिकुले हात पारेको छ।
पिकुकै लागि अमिताभ बच्चनलाई क्रिटिक्स च्वाइस बेष्ट एक्टर अवार्ड दिइएको छ। कंगना रनवतले क्रिटिक्स च्वाइस बेष्ट एक्ट्रेस अवार्ड जितिन्। मसानका निर्देशक नीरज घायवनले उत्कृष्ट नवोदित निर्देशकको अवार्ड पाए।
प्रकाशित: २ माघ २०७२ ०२:१८ शनिबार





