९ चैत्र २०८२ सोमबार
image/svg+xml
कला

ह्यारी पोट्टर कलाकारको निधन

लन्डन- ह्यारी पोट्टर, डाइ हार्ड जस्ता फिल्मबाट चर्चाको शिखरमा पुगेका एलन रिकम्यानको निधन भएको छ। ६९ वर्षको उमेरमा निधन भएको उनको परिवारले पुष्टि गरेको छ।डाइहार्ड, ट्रुली म्याडली डिपली तथा रविन उड: प्रिन्स अफ थिभ्स लगायतका चर्चित फिल्ममा अभिनय गरेका उनी क्यान्सर पीडित थिए।

जेके रोलिङको उपन्यासमा आधारित भएर बनाइएको फिल्म ह्यारी पोट्टरमा उनी प्रोफेसर स्नापेको भूमिका थिए। फिल्म पुस्तक ह्यारी पोट्टर जतिकै मन पराइएको थियो। डाइ हार्डमा उनी ग्रुबेरको भूमिका थिए। उनले अभिनय गरेको रविन उड: प्रिन्स अफ थिभ्स सन् १९९१ चर्चित बनेको थियो। सो फिल्मका लागि उनले बाफ्टा अवार्ड जितेका थिए।

उनको निधनमा ह्यारी पोट्टरप्रेमी दर्शक स्तब्ध भएका छन्।

प्रकाशित: ३० पुस २०७२ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App