प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जारी मतगणनामा हालसम्म ६ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भएको छ।
घोषित नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन क्षेत्रमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले दुई क्षेत्रमा जित निकालेको छ। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एक क्षेत्रमा जित हात पारेको छ।
हालसम्म तीन वटा पार्टीले जित निकालिसक्दा प्रमुख राजनीतिक दल नेकपा एमालेले भने खाता खोल्न सकेको छैन।
रास्वपाले काठमाडौंका तीन क्षेत्रमा जित हासिल गरेको छ। काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ र काठमाडौं–१ मा रञ्जु न्यौपाने निर्वाचित भएका छन्।
यस्तै, नेपाली कांग्रेसले हिमाली जिल्ला मुस्ताङ र मनाङमा विजय हासिल गरेको छ। मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली तथा मनाङमा टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।
नेपाली कम्युनिस्ट पार्टीबाट भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट निर्वाचित भएका छन्।
अन्य निर्वाचन क्षेत्रहरूमा भने मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ १८:५९ शुक्रबार





