प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर जिल्लाको क्षेत्र नम्बर १ मा प्रारम्भिक मतगणनामा उदयशम्शेर राणाले अग्रता लिएका छन्। हालसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार जबराले १ हजार ५५१ मत प्राप्त गरेका छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७१० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चेतनाथ सञ्जेलले ५९५ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका सुनिल महर्जनले १६८ मत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०८:४२ शुक्रबार





