४ चैत्र २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

चार करोड ३३ लाख मतपत्र छापियो, सुदूरपश्चिम र कर्णालीका सबै जिल्लामा ढुवानी

एसइईको प्रश्नपत्र छपाई फागुन १२ गतेदेखि सुरु

अगामी फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि आवश्यक पर्ने मतपत्र छपाई कार्य सम्पन्न भएको छ। जनकशिक्षा सामाग्री केन्द्रका महाप्रवबन्ध संचालक यदुनाथ पौडोलले निर्वाचन आयोगले दिएको तालिका अनुसार जनकले समयसिमाभित्र कुल  १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताको लागी कुल ४ करोड ३३ लाख थान मतपत्र छपाई कार्य सम्पन्न गरि देशभरिका जिल्लाहरुमा ढुवानी कार्य सुरु गरिसकेको बताए।  

समानुपातिक तर्फको २ करोड ३० लाख र प्रत्यक्ष तर्फको २ करोड ३ लाख मतपत्र छपाई कार्य सकिदादश लाख नमुनामत पत्र समेत छापिएका हुन्।  रुजु , ब्यानडिङ र प्याकेजिङ कार्य पनि सकिएको बताउँदै दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर ६० लाख थान मतपत्र सुदूरपश्चिम प्रदेश र कार्णाली प्रदेशका जिल्लाहरुमा ढुवानी कार्य बुधबारसम्म सम्पन्न भएको छ । 

मतपत्र जिल्ला प्रमुख अधिकारीको संयोजकमा बनेको जिल्ला सुरक्षा समितिमा कडा सुरक्षा घेराभित्र  भण्डारण गरिएको छ ।’यसैगरी जनकका १६ वटा अत्याधुनिक छपाई मेसिन र साढे ४ सय दक्ष कर्मचारीले जनकलाई आत्मनिर्भर बनाउँदै गएको छ । 

प्रबन्ध संचालक पौडेलका अनुसार जनक शिक्षाले विदाको समयमा समेत आफ्नो जिम्मेवारी पुरा गर्दै आएको छ। ‘जनकले ढुवानीको कार्यतालिका बनाएर आगाडि बढेको छ। फागुन ७ गते पुर्वाञ्चलका पहाडि जिल्लाहरुमा ढुवानी सुरु हुन्छ भने फागुन ८ गतेगण्डकी प्रदेश, फागुन ९ गते लुम्बिनी प्रदेश र फागनु १० गते मधेश प्रदेश, बागमती प्रदेशलगाएतका सबै जिल्लाहरुमा मतपत्र ढुवानी कार्य सम्पन्न हुन्छ ,’उनले भने, ‘फागनु ५ गतेदेखि सिटिइभिटिका प्रश्नपत्र छपाई सुरु भएको छ। 

फागुन १२ गतेदे एसइई परीक्षाको प्रश्न्पत्र छपाई कार्य सुरु हुन्छ ।’उनी थप्छन्, ‘चैत्र ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको विद्यार्थीकोलागि ५ लाख २० हजार थान प्रश्नपत्र छपाई कार्यको जिम्मेवारी जनकले पाएको छ। यति प्रश्नपत्र छपाई गर्न जनकलाई २६ दिन लाग्छ ।’

पछिल्लो समय सरकारले स्थापना गरेको जनक शिक्षा सामाग्री केन्द्रलाई सरकारले अनुदान  नदिने हुदाँ आफै कमाएर केन्द आफै धान्नुपर्ने अवस्था रहेको छ ।  ‘पछिलो समय आत्मनिर्भरमा सक्षम बन्दै गएकोले सरकारी छपाईका सबै कामको जिम्मेवारी सरकारले जनकलाई दिने ब्यवस्था गर्नु पर्छ,’ प्रबन्ध संचालक पौडेल भन्छन्, ‘साढे चार सय कर्मचारीको मासिक खर्च ४ करोड छ । यसकारण जनकलाई कामको आवश्यक छ ।’ 

हाल जनकले सरकारको मतपत्र छपाई, स्कुलदेखि विश्वविद्यालयको प्रश्नपत्र छपाई, शिक्षक सेवा आयोगको प्रश्नपत्र छपाई, लाइसेन्स छपाई, नेपाल दूरसंचारको रिचार्ज कार्ड छपाई, विद्यालय तहको पाठ्यपुस्तक छपाई, लालपुर्जा छपाई लगाएतका ठूला काम गरेर सक्षम बन्दै गएको छ।    

प्रकाशित: ७ फाल्गुन २०८२ १७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App