२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

सुनसरी–३ मा एमाले र कांग्रेसलाई पछाडि पार्दै रास्वपाको सुरुवाती अग्रता

सुनसरी क्षेत्र नं.३ मा सुरुवाती चरणको मतगणना अनुसार रास्वपा उम्मेदवार अशोक चौधरीले अग्रता लिएका छन्। 

एमालेकी भगवती चौधरी र नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पछि पार्दै अशोकले ५६ मत प्राप्त गरेका छन्।

यस्तै, एमालेकी चौधरीले २५ मत र कांग्रेसका गच्छदारले १५ मत ल्याएका छन्।  

यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता गच्छदार आठौं पटक चुनावी प्रतिस्पर्धामा छन्। यस्तै, एमालेकी भगवती चौधरी चौथौँ पटक प्रतिस्पर्धामा छिन् ।

यस क्षेत्रबाट २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नं ३ मा इटहरी उपमहानगरपालिकाका दश वटा वडासहित दुहवी नगरपालिका, गढी र बर्जु पुरै गाउँपालिका समेटिएको छ। इनरुवाको वडा नं. ७ पनि क्षेत्र नं. ३ मै समेटिएको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App