कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता कायम राखेको छ।
यहाँको ५ हजार २ सय मत गणना गर्दा हजार रास्वपाकी विना गुरुङले २ हजार ८ सय ५१ मत प्राप्त गरेर अग्रता कायम राखेकी हुन्।
यस्तै, नेपाली कांग्रेसका मनोज गुरुङले १ हजार ३ सय ३४ मत प्राप्त गरेर पछ्याइरहेका छन् भने नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ९ सय ३५ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल गिरीले १४५ मत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०८:२२ शुक्रबार





