रौतहट क्षेत्र नम्बर १ मा रास्वपाले अग्रता कायमै गरेको छ।
ताजा मतपरिमाण अनुसार रास्वपाका राजेश चौधरीले १ हजार ९०३ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेका जसपा उम्मेदवार योगेन्द्र यादवले एक हजार १०० मत ल्याउँदा कांग्रेसका अनिल कुमार झाले ८ सय २४ र एमालेका अजय गुप्ताले ५ सय ६४ मत प्राप्त गरेका छन्।
यस्तै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका उम्मेदवार माधवकुमार नेपालले ४ सय ५३ मत ल्याई चौँथो स्थानमा छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १३:३० शुक्रबार





