२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

मोरङ–५ मा रास्वपाकी आशा अगाडि

प्रतिनिधि सभा सदस्य निर्वाचनमा  मोरङ जिल्लाको क्षेत्र नम्बर ५ मा प्रारम्भिक मतगणनामा आशा झा अग्रस्थानमा रहेकी छन्। हालसम्मको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार झाले १ हजार २२९ मत प्राप्त गरेकी छन्। 

त्यसैगरी जनता समाजवादी पार्टी नेपालका राजकुमार यादवले ५६५ मतसहित दोस्रो स्थानमा छन् भने नेपाल कम्युनिष्ट पार्टीका शिवकुमार मण्डलले ३४५ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्।  

यसैगरी नेपाली कांग्रेसका फुलकुमार लालवानीले ३२७ मत, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मनोजकुमार अग्रवालले २७६ मत र राष्ट्रिय ऊर्जाशील पार्टी नेपालका योगेन्द्र मण्डलले १०९ मत प्राप्त गरेका छन्। 

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।   

प्रकाशित: २२ फाल्गुन २०८२ ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App