२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

एनआरएनए अमेरिकाज क्षेत्रीय सम्मेलन क्यानाडामा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रीय सम्मेलन क्यानाडामा आयोजना हुने भएको छ। एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक भुवन खरालका अनुसार उक्त सम्मेलन सन् २०२७ को अप्रिल महिनामा ओन्टारियोस्थित र्याडिसन होटलमा आयोजना गरिनेछ। 

सम्मेलनमा नेपाली नागरिकताको निरन्तरता, नेपालमा लगानीका अवसर, ज्ञान तथा सीप हस्तान्तरण, युवा तथा दोस्रो पुस्ताको भूमिका, उद्यमशीलता, समुदायको सशक्तीकरणका साथै नेपाल र विश्वभर रहेका नेपालीबिच सहकार्यका विविध विषयमा गहन छलफल गरिने खरालले जानकारी दिए।

कार्यक्रममा संघका अध्यक्ष तथा पदाधिकारी, पूर्वअध्यक्ष, पूर्वमहासचिवका साथै आईसीसी र एनसीसीका विभिन्न पदाधिकारी, एनसीसी अध्यक्ष तथा महासचिव, एनआरएनए अभियन्ता, नेपालका सफल व्यवसायी, नेपाल सरकारका प्रतिनिधि र पत्रकारको उपस्थिति रहनेछ। 

संयोजक खरालले सम्मेलनमा सहभागी हुन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन्। 

प्रकाशित: २१ श्रावण २०८३ १२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App