२ चैत्र २०८२ सोमबार
image/svg+xml
निर्वाचन विशेष

मोरङ-१ मा रास्वपाका न्यौपानेको अग्रता कायमै

मोरङ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार अज्ञमणि न्यौपानेले अग्रता कायमै राखेका छन्।

हालसम्म गणना भएको मतअनुसार न्यौपानेले २२०५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिन लामा रहेकी छन्। उनले ९४५ मत प्राप्त गरेकी छन्।

यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागो तेस्रो स्थानमा छन्। फागोले हालसम्म ७७८ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार घनश्याम खतिवडाले ४७३मत पाएका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ ०८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App