कास्की निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तम पौडेलले फराकिलो मतान्तरले अगाडि रहेका छन्। उनले २ हजार ४ सय १७ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा रहेका एमालेका रश्मी आचार्यले १ हजार २ सय १४ मत प्राप्त गरेकी छिन्। पौडेल र आचार्यबिच १ हजार २ सय १४ मतान्तर रहेको छ।
यस्तै, नेपाली कांग्रेसका मधु बास्तोलाले ७ सय १७ मत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०६:५१ शुक्रबार





