२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

कास्की–१ मा रास्वपाका गनेस पौडेल विजयी

कास्की क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका गनेस पौडेल विजयी भएका छन्।  

रास्वपाका पौडेल फराकिलो मतान्तर सहित विजयी भएका हुन्।  

कुल ७० हजार २३६ मत खसेको यस क्षेत्रमा निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक बहादुर रानाभाटलाई २८ हजार ६ सय ६९ मतान्तरले पछि पार्दै पौडेल विजयी भएका हुन्।  

पौडेलले ३९ हजार ८ सय ३ मतसहित विजयी हुँदा निकटम प्रतिस्पर्धी कांग्रेसका रानाभाटले ११ हजार २ सय १४ मत प्राप्त गरे। नेकपा एमालेका वैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४ सय २९ मत प्राप्त गरेका छन्।  

त्यस्तै नेपाली कम्युनिस्ट पार्टी नेकपाका राजकाजी गुरुङले २ हजार ४ सय ७९ मत प्राप्त गरेका छन्। यहाँ २ हजार ७ सय ४० मत बदर भएको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ १२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App