सुदूरपश्चिम प्रदेशका ४ निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ। कंचनपुरका ३ वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ। तीन वटै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ भने कैलालीको १ मा नेपाली काग्रेसले अग्रता लिएको छ।
कञ्चनपुर-२ मा ४ हजार ४ सय ४७ मत गणना हुदाँ रास्वपाका दिपक बोहराले २४२७ मत प्राप्त गरेर अग्रता लिएका छन। नेपाली कांग्रेसका एनपी साउदले ९३६, नेकपा एमालेका वचनबहादुर सिहले ६२५ र नेकपाका माधव पन्तले २२८ मत प्राप्त गरेका छन्।
यसैगरी कञ्चनपुर-३ मा रास्वपाका ज्ञानेन्द्र महताले ३८७ मत प्राप्त गरेर अग्रता लिएका छन्।
नेपाली कांग्रेसका हरिप्रसाद बोहराले १५६, नेकपा एमालेका दिपक प्रकाश भट्टले ८५ र नेकपा मान बहादुर सुनारले ५५ मत प्राप्त गरेका छ्न्।
यसैगरी कंचनपुर १ मा २ हजार १०९ मत गणना हुँदा रास्वपाका जनक सिङ धामीले ७९३ मत प्राप्त गरेर अग्रता लिएका छन। नेकपा एमालेका तारालामा तामाङले ३९८, नेपाली काग्रेसका गोपिप्रसाद उपाध्यायले ३ सय ७१, नेपाली कम्युनिष्ट पार्टीका बीना मगरले ३६६ मत प्राप्त गरेका छन्।
कैलाली क्षेत्र नम्बर १ मा नेपाली काग्रेसले अग्रता लिएको छ। ११६४ मत गणना हुदा नेपाली कांग्रेसका जनक चौधरीले ले ३४८ मत प्राप्त गरेर अग्रता लिएका छन्। यसैगरी रास्वपाका कमला ज्ञवालीले १९९, नेकपाका रामलाल डगौराले ९९ र नेकपा एमालेका द्वारिका नेउपानेले ६८ मत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०९:०८ शुक्रबार





