२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

समानुपातिकतर्फ एक करोड दुई लाख ५८ हजार ८४८ मतगणना : कसले कति पाए ?

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्दा नयाँ राजनीतिक शक्तिहरूको उदय र स्थापित दलहरूको आकारमा निकै फेरबदल देखिएको छ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार कुल एक करोड दुई लाख ५८ हजार ८४८ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक अग्रता कायम गरेको छ।

समानुपातिकतर्फ खसेको कुल मतको झण्डै आधा हिस्सा अर्थात् ४९ लाख ३२ हजार २७८ मत प्राप्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो नम्बरमा देखिएको छ। 

परम्परागत शक्ति मानिने नेपाली कांग्रेस १६ लाख ६८ हजार ९७८ मतसहित दोस्रो स्थानमा छ भने नेकपा (एमाले) १३ लाख ८६ हजार ४३१ मतका साथ तेस्रो स्थानमा खुम्चिएको छ।

यस्तो छ दलगत मतको पछिल्लो अवस्था: 

राजनीतिक दलप्राप्त मत
राष्ट्रिय स्वतन्त्र पार्टी४९,३२,२७८
नेपाली काँग्रेस१६,६८,९७८
नेकपा (एमाले)१३,८६,४३१
नेपाली कम्युनिष्ट पार्टी७,४९,३६६
श्रम संस्कृति पार्टी३,४६,७९६
राष्ट्रिय प्रजातन्त्र पार्टी३,२२,०४२
जनता समाजवादी पार्टी, नेपाल१,६८,५३७
राष्ट्रिय परिवर्तन पार्टी१,६४,७३२

यो पटकको निर्वाचनमा साना तथा नयाँ दलहरूले पनि उल्लेख्य मत बटुलेका छन्। नेपाली कम्युनिष्ट पार्टीले सात लाखभन्दा बढी मत ल्याएको छ। 

श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिच कडा प्रतिस्पर्धा देखिएको छ। श्रम संस्कृतिले तीन लाख ४६ हजार मत पाउँदा राप्रपा तीन लाख २२ हजारमा सिमित भएको छ। 

यस्तै जनता समाजवादी पार्टी र राष्ट्रिय परिवर्तन पार्टीले पनि डेढ लाखको आँकडा पार गरेका छन्।

प्रकाशित: २६ फाल्गुन २०८२ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App