coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

व्यासको मेयरमा बैकुण्ठ र उपमेयरमा इन्दिरा निर्वाचित

जिल्लाको व्यास नगरपालिकाको मेयर  र उपमेयरमा नेपाली काँग्रेसका उम्मेद्वार विजयी भएका छन्।

गए राति आएको अन्तिम मतपरिणाम अनुसार मेयरमा बैकुण्ठ न्यौपाने फेरि दोहोरिएका छन्। उनले १२ हजार ७८ मत पाए। नेकपा एमालेसँग तालमेल गर्दै स्वतन्त्र उम्मेदवारी दिएका दिपकराज जोशीले ११ हजार ८२६ मत प्राप्त गरे। नेपाली काँग्रेसको साधरण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रतिष्ठाको लडाइँको रूपमा हेरिएको व्यास नगरपालिकामा २५२ मतान्तरले बैकुण्ठको जित दर्ता भएसँगै काँग्रेसको साख जोगिएको छ।

उपमेयरमा काँग्रेसकी इन्दिरा दरै विजयी भएकी छन्। दरैले १३ हजार ४९८ मत ल्याएर विजयी भएकी हुन्। उनको निकटम प्रतिस्पर्धी नेकपा एमालेकी  वसुन्धरा घर्तीले  १० हजार ४२ मत ल्याइन्। व्यास नगरपालिका नेपाली कांग्रेसको पकड क्षेत्र हो। जोशी समूहसँग तालमेल गरेको एमालले वडामा भने नतिजा सुधारेको छ। गत निर्वाचनमा एक वडा मात्रै जितेको एमालले यसपालि तीन वडामा जित हासिल गरेको छ। वडा नम्बर ४, ५ र ७ मा एमालेले वडाध्यक्ष जितेको हो। बाँकी ११ वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

व्यास–१ को वडा अध्यक्षमा रमेशचन्द्र हड्खले, २ को अध्यक्षमा काशीराम श्रेष्ठ, ३ को अध्यक्षमा अनुप राना, ४ को अध्यक्षमा मनबहादुर गुरुङ, ५ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ निर्वाचित भए।

वडा नम्बर ६ को अध्यक्षमा जीवन गुरुङ, ७ को अध्यक्षमा कृष्णप्रसाद न्यौपाने, ८ को अध्यक्षमा युवराज गुरुङ, ९ को अध्यक्षमा सुरेश थापा, १० को अध्यक्षमा खेमराज पोखरेल, ११ को अध्यक्षमा दलबहादुर दुरा, १२ को अध्यक्षमा बमबहादुर आले, १३ को अध्यक्षमा बसन्तबहादुर आले र १४ को अध्यक्षमा काजीमान श्रेष्ठ विजयी भएका छन्।

व्यास–८ रिस्तीको गाविस भवन मतदान केन्द्रमा जेठ ४ गते पुन निर्वाचन भएसँगै मतगणना सुरु भएको थियो। व्यासको अन्तिम मतपरिणाम आएसँगै जिल्लाको सबै पालिकाको परिणाम आएको छ। गत निर्वाचनको तुलनामा काँग्रेसले एक स्थानीय तह कम जितेको छ। काँग्रेसले पाँच स्थानीय तह, नेकपा एमालेले चार र माओवादी केन्द्रले एक स्थानीय तहमा जित हासिल गरेको छ।

प्रकाशित: ९ जेष्ठ २०७९ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App