coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

नुवाकोटमा मतगणना सकियो, कुन पार्टीले कति जित्यो?

गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना नुवाकोटमा सकिएको छ।

स्थानीय तहहरुको अन्तिम मतपरिणाम अनुसार पालिकाको प्रमुख र उपप्रमुख गरी जिल्लामा नेकपा (माओवादी केन्द्र) पहिलो, नेपाली कांग्रेस दोश्रो र नेकपा (एमाले) तेश्रो पार्टीको रुपमा स्थापित भएको छ।

जिल्लाको २४ सिट मध्ये माओवादी केन्द्रले १२, नेपाली कांग्रेसले ११ त्यस्तै नेकपा एमालेले १ सिटमा मात्रै जित हासिल गर्न सफल भएको छ। माओवादी केन्द्रले ककनी गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र पञ्चकन्या गाउँपालिकामा प्रमुख/उपप्रमुख दुवै जितेको छ।

यस्तै वेलकोटगढी नगरपालिकामा प्रमुख, र विदुर नगरपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिका, तादी गाउँपालिका र शिवपुरी गाउँपालिकामा उपप्रमुख जितेको छ। त्यस्तै नेपाली कांग्रेसले लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका र म्यागङ गाउँपालिकाको प्रमुख/उपप्रमुख नै जितेको छ।

त्यस्तै विदुर नगरपालिका, शिवपुरी गाउँपालिका, तादी गाउँपालिका र तारकेश्वर गाउँपालिकाको प्रमुख र वेलकोटगढी नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसले जितेको छ। नेकपा एमालेले भने किस्पाङ गाउँपालिकाको प्रमुख मात्रै जितेको छ।

यसैगरी जिल्लाको ८८ वटा वडा मध्ये नेपाली कांग्रेसले ४१ वटा, माओवादी केन्द्रले २५ वटा, र नेकपा एमालेले २१ वटा वडामा विजयी हासिल गरेको छ। ती मध्ये २ वटा वडामा मात्रै महिला वडा अध्यक्ष रहेका छन्।

वेलकोटगढी नगरपालिकाको वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रकी कौशिला पुडासैनी र वडा नम्बर ६ मा नेकपा एमालेकी अम्बिका तामाङ विजयी भएका छन्। तामाङ दोश्रो कार्यकालको लागि वडा अध्यक्षमा विजयी भएकी हुन्।

प्रकाशित: ७ जेष्ठ २०७९ १२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App