सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा मतगणनाको सुरुदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार मतान्तरले अग्रता लिएका छन्।
अहिले सम्म ५१ हजार ६५ मत गणना हुदाँ हमालले २२ हजार ५ सय ४१ मत प्राप्त गरेका छन । उनलाई पछ्याइरहेका नेपाली काग्रेसका उम्मेदवार नृप बहादुर वडले ११ हजार ५ सय ४४ मत प्राप्त गरेका छन। एमालेका रणबहादुर चन्दले ६ हजार ४ सय २३ मत प्राप्त गरेका छन्।
धनगढी उपमहानगरपालिकाको वडा नं १, वडा नं २, वडा नं ३, वडा नं ४, वडा नं ५, वडा नं ६, वडा नं ७, १५, वडा नं १६ र वडा नं १७, वडा नं १८ र वडा नं १९ को मतगणना सकिएको छ। वडा नं ८, वडा नं ९, वडा वडा नं १२, वडा नं १३ र वडा नं १४ को मतगणना भैरहेको छ। भने वडा नं १०, वडा नं ११ का मत पेटिका खोल्न बाँकी छ ६३ हजार ७ सय १५ जनाले मतदान गरेका थिए।
प्रकाशित: ७ जेष्ठ २०७९ ०४:४१ शनिबार