१६ चैत्र २०८० शुक्रबार
निर्वाचन विशेष

महिला मेयरको पहिलो निर्णयः दलितलाई बस्तीमा २५ घर निर्माण

मधेस प्रदेशमा इतिहास रच्दै दोस्रोपटक नगर प्रमुखमा निर्वाचित महिला मेयरले दोस्रो कार्यकालको पहिलो निर्णय दलित बस्ती बनाउने गरेकी छन्।

रौतहटको मौलापुर नगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित नगर प्रमुख रिनाकुमारी साहले मौलापुर नगरपालिका ९ सोनरनियामा दलित बस्ती निर्माण गर्ने पहिलो निर्णय गरेकी हुन्।

शुक्रवार शपथ ग्रहणपछि नगरका निर्वाचित उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरुलाई शपथ गराएर पदभार ग्रहण गरेपछि साहले दलित बस्ती निर्माणको पहिलो निर्णय गरेकी हुन्। साहको पहिलो कार्यकालमा मौलापुर र मर्यादपुरमा दुई नमुना दलित बस्तीको निर्माण भइसकेको छ।

मौलापुर नगरपालिकाको नगर प्रमुख, उपप्रमुख, नौ वडाका वडाध्यक्ष र वडा सदस्य गरी ४७ पदमध्ये ३७ पदमा नेकपा एमालेले जित हासिल गरेको छ।  

नेकपा एमाले स्थायी सदस्य तथा पूर्वमन्त्री प्रभु साहकी धर्मपत्नी नगर प्रमुख साहले मौलापुर नगरबासीको अधुरा सपना पूरा गर्ने समय आइसकेको जनाएकी छन्। साहको नेतृत्वमा भौतिक पूर्वाधार, पर्यटन, संस्कृति, शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्यमा जिल्लामा मौलापुर नगरपालिकाले अभूतपूर्व कार्य गरेको छ।

यसैबिच रौतहटको राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी यादवले पदभार ग्रहण गर्दै नगरपालिकामा एम्बुलेन्स किन्ने पहिलो निर्णय गरेका छन्।

प्रकाशित: ६ जेष्ठ २०७९ १३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App