coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

धनुषामा नौं पालिकाका प्रमुख फेरिए भने दुई पुनः दोहोरिए

धनुषामा जम्मा १८ वटा पालिका रहेको छ। जसमध्ये १० पालिकाको अन्तिम परिणाम आइसकेको छ। छ पालिकामा नेपाली कांग्रेस, तीन पालिकामा (जसपा) र दुई पालिकामा एमालेका उम्मेदवार विजयी भएका छन्। बाँकी ८ वटा पालकिाको अन्तिम परिणाम आइसकेको छैन।

जिल्लाको धनुषाधाम नगरपालिका र विदेह नगरपालिकाको प्रमुखमा ०७४ मा निर्वाचित भएकानै दोहोरिएको छ। धनुषाधाम नगरपालिकामा ७४ को चुनावमा कांग्रेसबाट उम्मेदवारी दिएर निर्वाचित भएका बालेश्वर मंण्डल पुनः कांग्रेसबाटै निर्वाचित भएका छन्। उनले ४७ सय १८ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटम प्रतिद्वन्दी एमालेका उम्मेदवार योगकुमार यादवले ४१ सय ७९ मत पाए। मंण्डलले प्रतिद्वन्दी भन्दा ५३९ बढी मत ल्याएका हुन्। त्यस्तै उपप्रमुखमा पनि कांग्रेसकी उम्मेदवार विद्या देवी भुजेल निर्वाचित भएकी छिन्। उनी ८२५ मतान्तरले निर्वाचित भएकी छिन्। उनले ४७ सय ५८ मत प्राप्त गरेकी हुन्। उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवार शान्ति देवी सुडीनले ३९ सय ३३ ल्याएकी थिइनन्।

गत चुनावमा विदेह नगरपालिकामा माओवादी केन्द्रबाट उम्मेदवारी दिइ निर्वाचित भएका बेचन दास तत्मा यसपटक पनि दोहोरिएका छन्। उनले माओवादी केन्द्र प्ररित्याग गरी एमालेबाट उम्मेदवारी दिएका थिए। उनले प्रतिद्वन्दी भन्दा ९८६ मत बढी ल्याएर निर्वाचित भए। दासले ४४ सय १२ मत प्राप्त गरेका हुन् भने उनको निकटम प्रतिद्वन्दी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजकिशोर रोहिता यादवले ३४ सय २६ पाएका थिए।

यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार अशा देवी झा निर्वाचित भएकी हुन्। उनले ४६ सय ५९ मत प्राप्त गरेका थिइन् भने उनको निकटम प्रतिद्वन्दी एकीकृत समाजवादी उम्मेदवार संजना अधिकारीले २८ सय २७ मत ल्याएकी थिइन्।

आठ पालिकामा नयाँ अनुहार

लक्ष्मीनिया गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र निर्वाचित भएका छन्। उनले (जसपा) उम्मेदवार शत्रुधन यादवलाई पराजित गरी निर्वाचित भएका हुन्। उनले ३७ सय ६५ मत पाए भने उनका निकटम प्रतिद्वन्दी (जसपा) शत्रुधन यादवले ३४ सय ९७ मत ल्याएका थिए।

उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार फुलकुमारी यादवनी निर्वाचित भएकी हुन्। उनले ३६ सय २८ मत मत ल्याएका थिइन् भने उनकी निकटम प्रतिद्वन्दी (जसपा) की विमलाकुमारी यादवले ३४ सय ६० मत प्राप्त गरेकी थिइन्।

गत निर्वाचनमा गाउँपालिका अध्यक्षमा तत्कालीन संघीय समाजवादी पार्टीका उम्मेदवार विनदेश्वर यादव निर्वाचित भएका थिए। जनकनन्दिनी गाउँपालिका अध्यक्षमा (जसपा) का उम्मेदवार दिपिन देव यादव निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार सुदेशकुमार चौधरी भन्दा ३७९ मत बढी ल्याएर निर्वाचित भएका हुन्।

उनले ३१ सय ५७ मत प्राप्त गरेका थिए भने उनको निकटम प्रतिद्वन्दी चौधरीले २७ सय ७८ मत ल्याएका थिए। उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार कमला सहगल निर्वाचित भएकी छिन्। उनले २९ सय ९८ मत ल्याएकी थिइन् भने उनकी प्रतिस्पर्धी (जसपा) की गिता सुडीले २८ सय ४० मत ल्याएकी थिइन्।

२०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अबदुल बारिक शेख निर्वाचित भएका थिए। धनौजी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजकुमार साह निर्वाचित भएका छन्। उनले (लोसपा) का उम्मेदवार जीबेन्द्र झा भन्दा १०१ मतको मतन्तरले निर्वाचित भएका हुन्। उनले २२ सय ६२ मत ल्याएका हुन् भने उनको निकटम प्रतिद्वन्दी झाले २१ सय ६३ मत ल्याएका थिए।

उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार रामवती देवी मंडल निर्वाचित भएकी हुन्। उनले २४ सय ३० मत ल्याएकी थिइन् भने उनको निकटम प्रतिद्वन्दी (लोसपा) की उम्मेदवार रंजीता देवी मंडलले १९ सय १ मत ल्याएकी थिइन्। यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बद्री सिंह निर्वाचित भएका थिए।

औरही गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उमाशंकरप्रसाद साह निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार एव निवर्तमान पालिका अध्यक्ष बह्म देव यादवलाई पराजित गरी निर्वाचित भएका हुन्। उनले ३३ सय २६ मत ल्याएका हुन् भने उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार २९ सय २३ मत ल्याएका थिए।

त्यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार पुनमकुमारी साह निर्वाचित भएकी हुन्। उनले २९ सय ४९ मत ल्याएकी थिइन्। उनको निकटम प्रतिद्वन्दी कांग्रेसकी उम्मेदवार रिंकिकुमारी मंडलले २७ सय ९० मत ल्याएकी थिइन्।

बटेश्वर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राम अशिष महतो निर्वाचित भएका छन्। उनले एमालेका उम्मेदवार श्याम सुन्दर महतोलाई पराजित गरी निर्वाचित भएका हुन्। उनले ४० सय १८ मत ल्याएका थिए भने उनको निकटम प्रतिद्वन्दी एमालेका उम्मेदवार श्याम सुन्दर महतोले ३० सय ३७ मत ल्याएका थिए।

उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार फुलकुमारी सिंह निर्वाचित भएकी हुन्। उनले ३६ सय १ मत ल्याएकी हुन् भने उनको निकटम प्रतिद्वन्दी एमालेकी उम्मेदवार रेणु कुमारीले २९ सय ५७ मत ल्याएकी थिइन्। यसअघिको निर्वाचनमा एमालेका उम्मेदवार डम्बरबहादुर राउत निर्वाचित भएका थिए।

मुखियापट्टी मुसहरमिया गाउँपालिका अध्यक्षमा (जसपा) उम्मेदवार जयकुमार यादव निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार राम बाबु यादवलाई पराजित गरी निर्वाचित भएका हुन्। उनले ५४ सय १० मत प्राप्त गरेका हुन् भने उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवारले २४ सय ५५ मत ल्याएका थिए।

उपाध्यक्षमा (जसपा) की सैदा खातुन निर्वाचित भएकी हुन्। उनले ४४ सय १४ मत प्राप्त गरेकी हुन्। उनको निकटम प्रतिद्वन्दी कांग्रेसकी उम्मेदवार अनिता कुमारीले ३१ सय ५२ मत ल्याएकी थिइन्। यसअघिको निर्वाचनमा मनोज कुमार यादव निर्वाचित भएका थिए।

सहिदनगर नगरपालिका मेयरमा (जसपा) का उम्मेदवार दिनेशप्रसाद यादव निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार सुधीरकुमार गोइतलाई पराजित गरी निर्वाचित भएका हुन्। उनले ५७ सय ४३ मत ल्याएका थिए भने उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार ४१ सय ५ मत ल्याएका थिए। माओवादी केन्द्रका उम्मेदवार एव निवर्तमान मेयर उदय बरबरिया यादवले ४० सय ७७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्।

उपमेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सुनिताकुमारी सिंह निर्वाचित भएकी हुन्। उनले ४९ सय ३१ मत ल्याएर निर्वाचित भएको हुन् भने उनको निकटम प्रतिद्वन्दी (जसपा) की उम्मेदवार लक्ष्मिनियाकुमारी मण्डलले ४७ सय ९१ मत ल्याएकी थिइन्।

कमला नगरपालिका मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विशेश्वर यादव निर्वाचित भएका हुन्। उनले (जसपां) को उम्मेदवार पशुपति यादवलाई पराजित गरी निर्वाचित भएका हुन्। उनले ३८ सय ८७ मत पाएका हुन् भने उनका निकटम प्रतिद्वन्दी (जसपा) को उम्मेदवार पशुपति यादवले २८ सय ५९ मत ल्याएका थिए।

उपमेयरमा नेपाली कांग्रेसकै शिला देवी मंण्डल निर्वाचित भएकी हुन्। उनले ३८ सय ८७ मत प्राप्त गरेकी थिइन् भने उनको निकटम प्रतिद्वन्दी (एकीकृत समाजवादी) की उम्मेदवार सरस्वती सिन्हा कुशवाहाले २७ सय ६६ मत ल्याएकी थिइन्। यसअघिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार राम उदगार गोइत निर्वाचित भएका थिए।

नगराइन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विनयकुमार यादव निर्वाचित भएका छन्। उनले एमालेको उम्मेदवार रामबाबु पजियारलाई पराजित गरी निर्वाचित भएका हुन्। उनले ५५ सय ५६ मत ल्याएका हुन् भने उनको निकटम प्रतिद्वन्दी एमालेका उम्मेदवार ५५ सय १४ मत ल्याएका थिए।

उपमेयरमा एमालेकी उम्मेदवार राधा देवी यादव निर्वाचित भएकी हुन्। उनले ५७ सय ३० मत ल्याएकी थिइन् भने उनकी निकटम प्रतिद्वन्दी कांग्रेसकी उम्मेदवार रञ्जुकुमारी साहले ५५ सय २३ मत ल्याएकी थिइन्। यसअघिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार प्रमेश्वर यादव निर्वाचित भएका थिए।

प्रकाशित: ६ जेष्ठ २०७९ ०८:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App