२४ असार २०८१ सोमबार
image/svg+xml
निर्वाचन विशेष

सियारीको अध्यक्ष उपाध्यक्षमा काँग्रेसका घिमिरे र थारु विजयी

रुपन्देहीको सियारी गाँउपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सियारीको अध्यक्षमा नेपाली काँग्रेसका थानेश्वर घिमिरे र उपाध्यक्षमा काँग्रेसकै तारा थारु विजयी भएका छन्।    

घिमिरेले १० हजार ४५ मत ल्याएर गाँउपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। उनले  नेकपा एमालेका अयोध्या थारुलाइ २ हजार ७७७ को मतान्तरले पारजित गर्दै विजयी भएका हुन्। 

एमालेबाट अध्यक्षका उम्मेदवार थारुले जम्मा ७ हजार २६८ मत ल्याएका छन्। गाँउपालिका उपाध्यक्षमा काँग्रेसकै तारा थारुले ८ हजार ९९० मतसहित विजयी भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी अमृता गुरुङले ७ हजार २६९ मत पाएकी थिइन्।

प्रकाशित: ६ जेष्ठ २०७९ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App