२१ असार २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

जो दाेहाेर्‍याएर निर्वाचित भए

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका केदारनाथ यादव पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसबाट अध्यक्ष उम्मेदवार शत्रुघन प्रसाद साहलाई २६ मत अन्तरले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन्।

केदारले ३ हजार ४ सय ७ मत ल्याएर निर्वाचित भएका छन्। कांग्रेसका साहले ३ हजार ३ सय ८१ मत प्राप्त गरेका छन्।  

२०७४ को स्थानीय तह निर्वाचनमा केदार नेकपा एमालेबाट अध्यक्ष निर्वाचित भएका थिए। त्योबेला यादवले ३१५५ मत ल्याएर निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका रामनारायण यादवलाई ८८८ मतअन्तरले पराजित गरेका थिए। रामनारायणले २२६७ मत ल्याएका थिए।

५ वडा रहेको यस पलिकामा कांग्रेसले २, नेकपा एसले २ र जसपाले एउटा वडा जितेको छ। वडा नम्बर १ र २ मा क्रमशः कांग्रेसका संजय कुमार यदव र तनुकलाल यादव निर्वाचित भएका छन्।

वडा नम्बर ३ र ५ मा नेकपा एसका क्रमशः भोगेन्द्र यादव र विश्वेसर प्रसाद यादव निर्वाचित भएका छन्।

वडा नम्बर ४ मा भने जनता समाजवादी पार्टी नेपालका रमेश कुमार यादव विजयी भएका छन्।

पुनः अध्यक्ष निर्वाचित केदार भन्छन्,‘चुनाव जित्दै गर्दा नजतासँग गरेका प्रतिवद्धता इमान्दारीसाथ पूरा गरेकोले पुनः निर्वाचित भएँ। यसपालिको कार्यकाल पूराना अधुरा प्रतिवद्धता र नयाँ प्रतिवद्धता पूरा गर्नमा खर्च गर्नेछु, उनले भने।’

सम्पन्न निर्वाचनको अन्तिम मत परिणामअनुसार मधेस प्रदेशमा दोहोर्‍याएर निर्वाचित हुनेमा महोत्तरीको मटिहानी नगरपालिकाको नगरप्रमुखमा हरिप्रसाद मण्डल पनि छन्।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालकोतर्फबाट उम्मेदवारी दिएका मण्डल दोस्रो पटक मटिहानीको लागि मेयरपदमा निर्वाचित भएका हुन। मण्डलले ४ हजार ३ मत ल्याएर विजयी हुन्। उनका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका मोहम्मद मजिवुल रहमानले २ हजार ६७४ मत ल्याएका छन्। मण्डल १ हजार ३ सय २९ मतअन्तरले विजयी भएका हुन।

०७४ को स्थानीय तह निर्वाचनमा मण्डलले नेकपा एमालेका मुजिम राइनलाई १८०७ मतअन्तरले पराजित गर्दै विजयी भएका थिए। मण्डलले ३४०४ मत ल्याएका थिए भने प्रतिस्पर्धी राइनले १५९७ मत ल्याएका थिए। मण्डल त्योबेला राजपाबाट मेयर निर्वाचित भएका थिए।

सर्लाहीको बागमती नगरपालिकामा नेकपा माओवादीबाट नगर प्रमुख निर्वाचित भरत थापालाई नगरबासीले थापालाई दोस्रो कार्यकालका लागि चुनेका छन्। थापाले ११३५७ मत प्राप्त गरेका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका टंकबहादुर बस्नेतले ७३६८ मत प्राप्त गरेका छन्। थापाले बस्नेतलाई ३९८९ मतअन्तरले पराजित गर्दै  मेयर पदमा पुनः निर्वाचित भएका हुन्।

०७४ को स्थानीय तह निर्वाचनमा थापाले ७२८१ मत ल्याएर विजयी भएका थिए। उनले नकेपा एमालेका विष्णुबहादुर मगरलाई २९३८ मतअन्तरले पराजित गरेका थिए। मगरले ४३४३ मत ल्याएका थिए । थापा त्योबेला पनि माओवादी केन्द्रबाटै मेयर निर्वाचित भएका थिए।

रौतहटको मौलापुर नगरपालिकामा नेकपा एमाले रिनाकुमारी साह पुनः निर्वाचित भएकि छन्। रिनाले माओवादी केन्द्रका रामप्रवेश राय यादवलाई २५०२ मत अन्तरले पराजित गर्दै मेयरमा पुनः निर्वाचित भएकी छन्। रिनाले ५६६४ मत ल्याउँदा यादवले ३०६२ मत प्राप्त गरेका छन्।

०७४ को स्थानीय तह निर्वाचनमा रिनाले राजपाका रविन्द्र पटेललाई १८३७ मतअन्तरले पराजित गर्दै निर्वाचित भएकी थिइन्। रिनाले ३९३७ मत ल्याएकी थिइन भए प्रतिस्पर्धी पटेलले २१०० मत ल्याएका थिए। रिना त्योबेला माओवादी केन्द्रबाट मेयर निर्वाचित भएकी थिइन् । रिना एमाले नेता प्रभु साहकी श्रीमती हुन्।

प्रकाशित: ६ जेष्ठ २०७९ ०३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App